संविधानकाे मर्म अनुरूप दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेनः सभामुख सापकाेटा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

संविधानकाे मर्म अनुरूप दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेनः सभामुख सापकाेटा

काठमाडौं । सभामुख अग्नी सापकोटाले संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् । आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पुरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् ।

सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरिय कानून निर्मााणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएता पनि त्यसका लागी आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको सभामुख सापकोटाले बताए ।

उचित वातावरण बनाउनका लागि आफुले पहल गरेपनि बिभिन्न अप्ठ्यारा रहेको बताउँदै सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भएपनि मुख्य कुरा निकास दिने नै भएको धारणा राखे ।

नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सीलमा बैंशाख ६ गतेसम्म चल्नेछ । करिब तीन दर्जन कार्टुनिष्टहरुद्वारा पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरु देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लवले जनाएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ४, १५: ०७

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ४, १५: ०७

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ४, १५: ०७

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...