
जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसंग चुनानी तालमेल नहुने बताएका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै एजेण्डाहरु लिएर स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि राजनीतिक दलहरुसंग तत्काल चूनावी तालमेलको हुन नसक्ने स्पष्ट पारेका हुन् ।
पछिल्लो क्रममा नेपालका शाषक दलहरुले गरेका विविध गल्तीहरुले जनताको चाहाना अब देशमा राप्रपाले नेतृत्व लियोस भन्ने रहेकाले जनभावना अनुरुप स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अधिकांश पालिकामा जित हासिल गर्ने दाबी पेस गरे ।
फरकप्रसंगमा अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने बताउँदै नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने बताए । जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाई छ ।
धनुषाको विरन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...