निर्वाचनका वेलामा अन्य काममा समय खेर नफालाैंः महामन्त्री थापा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

निर्वाचनका वेलामा अन्य काममा समय खेर नफालाैंः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाले स्थानीय तह निर्वाचनका बेलामा भाषण गर्ने कार्यक्रममा समय खेर नफाल्न सुझाव दिएका छन् ।

काठमाडौंको बुढानिकण्ठ नगरपालिका–२ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली काँग्रेसलाई स्थानीय तहदेखिनै मुलुकको नेतृत्व तहमै काँग्रेसलाई एक नम्बर पार्टी बनाउने गरी काम गर्ने बेलामा अन्य कार्यक्रममा समय खेर नफाल्न आग्रह गरेका हुन् । आफ्ना नेता कार्यकर्तालाई चुनावको समय अन्य काममा नभुल्न निर्देशन पनि महामन्त्री थापाले निर्देशन दिए ।

नेपाली काँग्रेसले स्थानीय स्तरमै औचित्य र आवश्यकता हरेर चुनाव ितालमेल गर्ने निर्णय गरेकाले स्थानीय तहमा आवश्यकता छ भने तालमेल गर्नुहोस होइन् भने एक्ला एक्लै लड्न सकिने ठाउँमा एक्लै लड्न सकिने थापाको भनाई छ ।

स्थानीय तहका तमाम नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको भावना र अवस्थाअनुसार गठबन्धन गर्ने नगर्ने निर्णय गर्न आग्रह गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा केन्द्रबाट त्यस्तो कुनै हस्तक्षेप गर्न नहुने स्पष्ट पारे । चुनावमा एक्लै लड्ने किन कि तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटिको भएकाले निर्णयमा ढिलो नगर्न समेत निर्देशन दिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तह निर्वाचन नजिकिदै आएकाले सानोतिनो काममा नअल्झिएर काँग्रेसको नेतृत्वनै आउने गरी निर्वाचनमा केन्द्रीत हुन आग्रह गरे ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ४, १७: ०४

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ४, १७: ०४

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ४, १७: ०४

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...