
काठमाडौं । स्थानीय तह निर्वाचन सर्ने हल्ला मात्रै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन् ।
नेपालका सञ्चारमाध्यममा अप्रत्यासित रुपमा स्थानीय तह निर्वाचन सर्ने हल्ला केबल अनुमानका भरुमा आएको बताउँदै प्रचण्डले सरकारले दुत्र गतिमा निर्वाचनको काम गरिरहेको र निर्वाचन आयोगले समेत निर्वाचनको अन्तिम तयारी गरिसकेकाले अनाआवश्यक हल्लाको पछि नलाग्न अुनरोध गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आम मतदातालाई निर्वाचन वैशाख ३० गते नै हुने र त्यसको तयारीमा आ आफ्नो ठाउँबाट योगदान गर्न सबैसँग अपिलसमेत गरे ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...