
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु चुनावी तालमेलको पक्षमा नरहेको बताएका छन् ।
कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिलेदेखि नै आफु कुनै पनि दलसंग चुनावी तालमेल गर्न नहुने पक्षमा रहेको र कांग्रेसका अधिकाशं नेता तथा कार्यकर्ताहरु पनि कुनै पनि दलसंगको चुनावी तालमेलको पक्षमा नरहेको केही स्थानीय तहमा देखिएको विवादले स्पष्ट भएको बताएका हुन् ।
आफूले पछिल्ला दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने पक्षमा रहेका जिकिर गर्दै थापाले जित्नकै लागि भनेर तालमेल गर्नु सैद्धान्तिक हिसावले बेठीक भएको बताए । नेपाली जनताले देशको नेतृत्व काँग्रेसले गर्नुपर्ने भनिरहेका बेलामा तमाम मतदाता र काँग्रेसका स्थानीय कार्यकर्ताहरुको भावना बिपरित माथिल्लो तहले जबरजस्ती चुनावी तालमेल गर्न थाले निर्वाचनको परिणाम गम्भिर हुन सक्ने बताए ।
त्यस्तै थापाले पार्टी नेतृत्वले सबै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यकता अनुसार चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताए । चुनावी तालमेलका विषयमा स्थानीय पार्टी संगठन नै निर्णायक हुने भएकाले तालमेल गर्ने वा नगर्ने विषयमा छिटो निर्णय लिन समेत अनुरोध गरे ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...