गठबन्धनका दलहरूमा महानगर र उपमहानगरकाे विषय पेचिलाे बन्दै – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
काठमाडाैं बाेलाए प्रधानमन्त्री देउवाले पाेखरा काँग्रेस नेताहरू

गठबन्धनका दलहरूमा महानगर र उपमहानगरकाे विषय पेचिलाे बन्दै

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिकामा देखिएको गठबन्धनबीचको समस्यालाई व्यवस्थापन गर्न नेपाली काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई महानगरको बाडफाडका बारेमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा अडान राखेपछि कास्कीमा नेताहरुलाई काठमाडौँ बोलाएका हुन् ।

गठबन्धनका शीर्ष नेताहरुबीच पनि महानगर र उपमहानगरको सिट बाडफाडका विषयमा अहिलेसम्म सहमति जुटेको छैन । पटकपटक बैठक बस्ने गरे पनि केही महानगरपालिकाहरुमा सिट बाडफाँडको विषय पेचिलो बन्दै गएको स्पष्ट छ ।

यता गठबन्धनको शीर्ष दल नेपाली काँग्रेसले काठमाडौं, ललितपुर, विराटनगर र पोखरामा दाबी गरिरहेको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि पोखरामा आफुले पाउनु पर्ने दाबी गरिरहेको छ । माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बताइएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ६, ११: २०

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ६, ११: २०

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ६, ११: २०

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...