
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष दलहरुबीच महानगर र उपमहानगरको सिट बाँडफाँडको विषय पेचिलो बन्दे गइरहेको छ । सोमबार टुंगो लगाउने गरी बसेको बैठक निश्कर्ष विहिन टुङ्गिएपछि मंगलबार विहान साढे ११ बजे बस्ने भनिएको थियो ।
मंगलबार विहान साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक दिउसो २ बजेका लागि सारिएको छ । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन नसकेको बैठकमा सहभागि एक नेताले बताए ।
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले आफुले पाउनु पर्ने अडान राखेपछि गठबन्धनका दलहरुबीच सहमति हुन नसकेको बुझिएको छ । यसैविच नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुुर देउवाले महानगरपालिकाका विषयमा छलफल गर्न काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहितको टोलीलाई काठमाडौं बोलाएका छन् । स्थानीय नेताहरुसंगको छलफल पछि महानगरमा गठबन्धनका दलहरुबीच सिट बाँडफाँडको विषयमा टुङ्गो लाग्ने बुझिएको छ ।
पोखराका जिल्ला नेताहरुको छलफलका लागि नै नेपाली काँग्रेसले गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको नेपाली काँग्रेसका नेताले बताएका छन् । गठबन्धनबीच उत्पन्न सानातिना समस्याहरुलाई समाधान गर्दै आगानी तीनै तहको निर्वाचनसम्म चुनावी तालमेल गर्ने नेपाली काँग्रेसले यसअघि नै उद्घोष गरिसकेको छ ।
देशले अहिले नेपाली काँग्रेसको नेतृत्व खोजीरहेको र नेपालको संविधानमाथि प्रतिगामीहरुले गरेको प्रहारबाट संविधानको रक्षाका लागि तत्कालीन गठबन्धन बनेकाले पनि नेपाली काँग्रेसले पाँच दलले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै चुनावी तालमेलमा पुगेको काँग्रेसका एक शीर्ष नेताले बताए । आजको बैठकले महानगर र उपमहानगरको सिट बाँडफाँडको विषयमा टुंगो लगाउनेमा आफु विश्वस्त रहेको समेत जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...