
काठमाडौं । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जस्तो सुकै षड्यन्त्र गरे पनि सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका हुन् ।
देउवाले केही प्रतिक्रियावादी शक्तिहरु, केही प्रतिगामी शक्तिहरुले सत्ता गठबन्धन देखि नसहेको बताउँदै गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल हुने बताए । संविधानको रक्षाका लागि तत्कालीन गठबन्धन बनेकाले जस्तो सुकै समस्या आएपनि गठबन्धन नटुट्ने स्पष्ट पार्दै सबै लागेर यस्तो षड्यन्त्र विफल पार्नुपर्ने बताए ।
गठबन्धन टुट्यो भने संविधानअनुसार कसैको बहुमत आउने अवस्था नभएकाले गठबन्धन गर्नुको विकल्प नरहेकोसमेत देउवाले बताए । गठबन्धनका दलहरुले नेपाली काँग्रेस ठुलो होस्, हामी सानो नै हुन्छौ भनिरहेकोले गठबन्धन गर्नु के मेरो गल्ती हो ? भनेर देउवाले प्रश्न समेत गरे ।
यसअघि पनि गठबन्धनलाई काँग्रेसले कुनै पनि हालतमा नछोड्ने र जस्तोसुकै कठिन परिस्थिति आएपनि आफु गठबन्धनकै पक्षमा रहेने बताइसकेका सभापति एवम् प्रधानमन्त्री देउवाले गठबन्धन गरेरै अहिले आफु प्रधानमन्त्री भएको र १४औं महाधिवेशनमा सभापति भइसकेकाले यसपछि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने समेत बताए । देउवाले भने ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोली । ’
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न वर्तमान पाँच दलीय सत्ता गठबन्धन बनेको स्मरण गरे । सत्ता गठबन्धनले निर्वाचनमा समेत तालमेल गर्ने निर्णय गरेसंगै गठबन्धनको शक्ति देखेर विपक्षी दल जाडो नभएनि थरथरी कापीरहेको बताए ।नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचनमा क्लिन स्विप हुने होकी भन्ने डरले थरथरी कापेको समेत बताए ।

नेता पौडेलले नेपालको राजनीति नागबेली घुम्टिहरुबाट गुज्रिरहेकोले केही असहजता सृजना भएपनि देशको नेतृत्व नेपाली काँग्रेसले गरेकाले विस्तारै सहज हुने बताए ।
हामीले लोकतन्त्र रक्षाको लडाई लड्न बाँकी नै रहेकाले पनि सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने तर्फ संकेत गरे । नेता पौडेलले भने, ‘सत्ता गठबन्धन सत्ताका लागि होइन राजनीतिक व्यवस्थापनका लागि हो । सभापति शेरबहादुर देउवालाई प्रम बनाउन होइन, नेपालको परिवर्तन र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्न हो ।’
देशको विकासका लागि केपी शर्मा ओलीको असफल सावित भइसकेकाले ओली अहिले अत्तालिएर बसेको बताए । यस्ता प्रतिगामी शक्तिहरुबाट सजग बन्दै देशमा राजनीतिक स्थायित्वका लागि हामीसबै एकजुट भएर गठबन्धन गर्नुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...