
धनकुटा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनकुटा जिल्लाका सात पालिकामध्ये ४ पालिकामा प्रमुखको दाबी नेपाली काँग्रेसले गरेको छ । नेपाली काँग्रेस धनकुटा जिल्ला कार्यसमिति सभापति दिनेश राईले २०७४ को तुलनामा पछिल्लो पटक नेपाली काँग्रेस पार्टी संगठनहरु बलियो रहेको बताए । गाउँगाउँ, टोलटोलसम्म काँग्रेस बलियो रहेकोले धनकुटाका ४ पालिकाहरुमा काँग्रेसले दाबी गरेको जानकारी दिए ।
सभापति राईले सत्ता गठबन्धनका दलहरुसंग चुनावी तालमेल गर्ने निर्णय भएसंगै दिनहुँ सिट बाँडफाँडका विषयमा छलफल भइरहेको र कसले कति पाउने भन्ने निर्णय नभइसकेको बताए । जे जस्तो भएपनि ४ पालिकामा काँग्रेसको दाबी रहने बताए । गठबन्धनका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले १ र १ पालिका भागवण्डा हुने जिल्ला समन्वय समितिमा पनि भागवण्डामा टुंगिने सभापति राईले बताए ।
त्यस्तै सभापति राइले गठबन्धनका दलहरु धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका र छथर जोरपाटी गाउँपालिका कांग्रेसको भागमा राख्न सहमत समेत भएको बताए । त्यस्तै गठबन्धनका दलहरुबीच तीन पालिका काँग्रेसलार्य दिने सहमत भएपनि थप एक पालिका पाउँनमा गठबन्धनका दलहरुबीच टुंगो लाग्न नसकेको सभापति राईले बताए ।
विगतमा सात वटै नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएपनि पछिल्लो अवस्थामा धनकुटाका अधिकांश मतदाताहरुले काँग्रेसको नेतृत्व चाहिने बताएका थिए । नेकपा एमालेले पाँच वर्षको अवधिमा आफ्ना कार्यकर्ताहरु पाल्ने काम गरेको आरोप लगाउँदै स्थानीय जनताहरुले नेपाली काँग्रेसको नेतृत्व आउनु पर्ने धारणा राखेका थिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...