महानगरको मेयर एकीकृत समाजवादीलाई दिएको भन्दै पार्टी कायार्लयमा तालाबन्दी – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

महानगरको मेयर एकीकृत समाजवादीलाई दिएको भन्दै पार्टी कायार्लयमा तालाबन्दी

कास्की । नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरेको विरोेधमा जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

पोखरा महानगरका मतदाता र नेपाली काँग्रेसका क्रियाशिल कार्यकर्ताहरुको अपमान हुने गरी भन्दाभन्दै पनि महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले बताए ।

सचिव थापाले यो निर्णय नसच्याउँदा काँग्रेसले केन्द्रीय गठबन्धनको निर्णयविरूद्ध विद्रोह हुने संकेत गरे । उनले काँग्रेसले उक्त निर्णय नसचिए स्वतन्त्र उम्मेदवारी दिने समेत बताए ।

पोखरा महानगरपालिकामा नेकपा एमालेबाट फुटेको पार्टीले हैसियत भन्दा ठूलौ भाग खोजेको आरोप काँग्रेसका नेता तथा कार्यकर्ताहरुले लगाउँदै आएका थिए । सोमबार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको खबर आएसँगै नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेकोले मित्रवत प्रतिस्पर्धा गर्ने जनाइसकेको थियो । यद्यपी, अव कसरी अगाडी बढ्ने भन्नेबारे आजै छलफल हुने बताइएको छ ।

महानगरमा समस्या देखिएसंगै रुष्ट बनेका प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले कास्की जिल्ला सभापति सहितको टोलीलाई काठमाडौं बोलाएका थिए । देउवाले कास्कीका नेताहरुलाई गठबन्धनका दलहरुले गर्दा नै आफु प्रधानमन्त्री भएको र नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको जानकारी दिंदै गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए ।

विवादका विच नै नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरिसकेको थियो । पोखरा महानगरपालिकामा एमालेले जितेका कारण एमालेबाट फुटेको एकीकृत समाजवादीले पाउनु पर्ने तर्क अगाडी सादै आएको हो ।

मंगलबार अबेर बसेको गठबन्धनको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ७, १२: ४५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ७, १२: ४५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ७, १२: ४५

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...