
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न हुन मात्र २३ दिन बाँकी रहेको छ । स्थानीय तह निर्वाचनलाई मध्येनजर गरेर जनता समाजवादी पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
यस पटक जसपाले देशभरका पालिकाहरुमा विशिष्टताको आधारमा चक्रपथ निर्माण गर्ने बताएको छ । त्यसैगरी देशभरका प्रमुख सहरहरमा खानेपानीको समस्यालाई सम्बोधन गर्न पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने घोषणापत्रमा समावेश गरेको छ । जसपाले शिक्षामा १० प्रतिशत बजेट विनोजन गर्ने , आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने घोषणापत्रमा उल्लेख गरेको छ ।
त्यसैगरी घोषणापत्रमा हरेक गाउँपालिकाहरूमा कम्तिमा एक खेल विधाको ग्रामिण स्तरको एक÷एक खेलमैदान र रङ्गशाला निर्माण गरिने, नगरपालिका, उपमहानगरपालिकामा खेलविधाका क्रमशः कम्तिमा तिन र पाँच सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उल्लेख गरेको छ ।
त्यस्तै प्रत्येक महानगरपालिकामा कम्तिमा दुई/दुई अन्तराष्ट्रिय स्तरको रङ्गशाला निर्माण, अपाङ्ग, दृष्टिविहीन र फरक क्षमताका खेलाडीहरूलाई प्रोत्साहन हुने गरि सबै पालिकाहरूमा कम्तिमा दुई/दुई बर्षमा त्यस्ता खेलाडीहरूको खेल प्रतियोगीता सञ्चालन गरिने उल्लेख गरेको छ ।
हेर्नूहोस् पुरा घोषणा–पत्र
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...