निर्णय सच्याएर महानगरको मेयर काँग्रेसलाई नदिए बागी उम्मेदवार उठाउने चेतावनी – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

निर्णय सच्याएर महानगरको मेयर काँग्रेसलाई नदिए बागी उम्मेदवार उठाउने चेतावनी

पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेसंगै सत्तागठबन्धनका दलहरु महानगर र उपमहानगरमा सिट बाँडफाँडको तयारीमा छन् । शिर्ष गठबन्धनले पोखरा महानगरको मेयर हालै नेकपा एमालेबाट फुटेर गठन भएको एकीकृत समाजवादीको भागमा निर्णय गरेपछि पहिलेदेखि नै काँग्रेसले पाउँनु पर्छ भनेर अडान लिएको पोखरा जिल्ला कार्यसमिति, महानगर समिति र कार्यकर्ताहरुको कुरालाई लत्याएको भनेर नेता तथा कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् ।

२०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले यस पटक नेकपा एमाले कमजोर भएको र नेपाली काँग्रेसको संगठन मजबुद भएकाले महानगरको मेयर पाउँनुपर्ने नेपाली काँग्रेसका नेताहरुले अडान कसेका थिए । यता, गठबन्धनको दल एकीकृत समाजवादीले नेकपा एमालेले जितेका स्थानमा आफुले पाउँनु पर्नेमा अडान कसेको थियो । आफ्नो पार्टीको संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएको विरोधमा कार्यकर्ताले जिल्ला कार्यसमिति कार्यालयमा तालाबन्दी गर्दै बैशाख ११ गतेसम्म समाधान तिर लाग्ने बताइएको छ ।

सत्ता गठबन्धनले पोखरा महानगरको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने गरी निर्णय गरिसकेको छ भने साझा उम्मेदवारका रुपमा को आउने भन्नेबारे दलहरूले टुंगो लगाएका छैनन् ।

सत्ता गठबन्धनको उक्त निर्णयलाई मान्न नसकिने बताउँदै स्थानीय काँग्रेसका नेता तथा कार्यकर्ताहरुले निर्णय नसच्याए बागि उम्मेदवार उठाउने चेतावनी समेत दिएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति किशोरदत्त बरालसहितको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासमक्ष कुनै पनि हालतमा मेयर नछोड्ने ब्रिफिङ गरेको बताए पनि केन्द्रले भर्खरै स्थापना भएको एकीकृत समाजवादीलाई दिएको भन्दै आक्रोश पोखे ।

सभापति बरालले अन्तिम अवस्थासम्म पनि महानगरको मेयर नेपाली काँग्रेसले दाबी गरिरहने बताए । बैशाख ११ गतेसम्म पनि नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमिति, गण्डकी प्रदेश समितिले प्रयास गर्ने बताउँदै मेयर कांग्रेसले नपाए नतिजा निकाल्न नसकिने समेत बताए ।

केन्द्रले आफ्ना कुराहरु नसुने महानगरमा बागि उम्मेदवार उठाएर मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने पोखरा काँग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुले आवाज उठाइरहेका छन् । यद्यपी, सत्तारुढ गठबन्धनले पोखरा महानगरको मेयर नेकपा समाजवादीको भागमा राखेको छ । प्रधानमन्त्री देउवाले कास्कीको प्रतिनिधिमण्डललाई समेत गठबन्धनका समस्याहरु बझेर साझा उम्मेदवारहरु जिताउँन निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ७, १५: ५२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ७, १५: ५२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ७, १५: ५२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...