
मकवानपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले स्थानीय वस्तुगतस्थितिनै नबुझि धमाधम विभिन्न महानगर र उपमहानगरहरुमा सत्तागठबन्धनका दलहरुबीच सहमति जनाएको नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् ।
पोखरा महानगर, भरतपुर महानगर लगायतका केही स्थानीय तहहरुमा चुनावी तालमेलका विषयमा छलफल गर्दै नेपाली काँग्रेसले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने तथा बागी उम्मेदवार उठाउने सम्मको चेतावनी दिएका छन् । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले स्थानीय मर्म तथा भावना विपरित केन्द्रीय नेतृत्वले निर्णय गरिरहेको आरोप लगाएका छन् ।
यसैगरी केन्द्रीय कार्यसमितिले हेटौंडा उपमहानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेसंगै मकवानपुर जिल्ला काँग्रेसले केन्द्रको निर्णय नमान्ने घोषणा गर्दै सो सहमतिबारे केन्द्रले पुनरावलोकन नगरे बागी उम्मेदवार खडा गर्ने चेतावनी दिएको हो ।
कांग्रेस हेटौंडा उपमहानगर समितिले केन्द्रीय नेतृत्वले गरेको सहमतिको विरोध गर्दै पार्टी कार्यालयमा हेटौंडामा बुधबार पत्रकार सम्मेलन गर्दै सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र स्थानीय पार्टी संगठनसंग कुनै सल्लाह नगरी गरेको निर्णय नमान्ने नगर सभापति उत्सव इटेनीले स्पष्ट पारे ।
नगर कार्यसमितिले पार्टी केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिइ स्थानीय मतदाता, तमाम नेता तथा कार्यकर्ताहरुको मर्म र भावनालाई बेवास्ता गर्दै सत्ता गठबन्धनका दलहरुसंगको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन रहेको बताएको छ ।
केन्द्रीय कार्यसमितिले गरेको निर्णय नमान्ने भन्दै नगर कार्यसमितिका पदाधिकारीहरुले केन्द्रको निर्णय परिवर्तन नभए सत्ता साझेदार गठबन्धनका दलहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धामा कांग्रेस जाने बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...