राप्रपाले गर्‍याे स्थानीय निर्वाचन केन्द्रीत घोषणा-पत्र सार्वजनिक – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राप्रपाले गर्‍याे स्थानीय निर्वाचन केन्द्रीत घोषणा-पत्र सार्वजनिक

काठमाडौं । ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय समेटेर राप्रपाले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको ६ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा लगाएतका बिषय समेटिएको छ ।
त्यसैगरी किसानको खेत–खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारासमेत घोषणापत्रमा रहेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको बताउँदै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारहरुले विजय हासिल गर्नेमा विश्वस्त रहेको बताए ।

राप्रपाले जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निःशुल्क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमि हिन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ति, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता घोषणापत्र मार्फत गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख ७, १६: ५९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ७, १६: ५९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ७, १६: ५९

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...