
काठमाडौं । पोखरा महानगरपालिकाको मेयर केन्द्रले नेकपा एकीकृत समाजवादी पार्टीलाई दिएको विरोधमा नेपाली काँग्रेस महानगर कार्यसमितिका असन्तुष्ट पक्षले कास्की जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खोलेका छन् ।
बुधबार केन्द्रीय गठबन्धनको निर्णय नमान्ने भन्दै पार्टी निर्णय पार्टी कार्यकर्ता र मतादातको मर्म र भावनाविपरित गरेको नसच्याएमा ताला नखोल्ने अडान लिएर असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको थियो । महानगरपालिका मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि ताला लगाए पनि महानगरपालिकाका सबै पार्टी कार्यकर्ताहरुसंगको छलफलले पार्टीको निर्णय उल्लंघन गरेर जाने अवस्था नभएको निश्कर्ष निकालेसंगै अन्ततः असन्तुष्ट पक्ष पार्टी निर्णय मानेर जान सहमत भएको हो ।
पोखरा महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाले स्थानीय नेता तथा कार्यकर्ताहरुले केन्द्रको निर्णय मानेर जाने बताएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको बताए । सचिव थापाले काँग्रेस अब महानगरको उपमेयर र वडामा सशक्त दाबेदारका रुपमा प्रस्तुत हुने र अरु स्थानीय तहमा धेरै भागबण्डा लिने तयारीका साथ अघि बढेको बताए ।
नेता तथा कार्यकर्ताहरुको भेलाले पार्टी नै सर्वेसर्वा भएकाले पार्टीको निर्णयलाई शिरोपरी गरेर गठबन्धनको पक्षमा एक ढिक्का हुने निर्णय गरेको बताउँदै सचिव थापाले गठबन्धनका उम्मेदवारहरुलाई जिताएर अगाडी बढ्नुको विकल्प नभएको बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...