
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ कार्यतालिका अनुसार उम्मेदवार मनोनयन गर्ने मिति नजिकिदै जादाँ दलहरु धमाधम उम्मेदवारको नाम प्रस्ताव गर्न व्यस्त छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठकले महानगर र उपमहानगरको चुनावी तालमेलको सिट बाँडफाँड टुंगो लगाएसंगै काठमाडौं महानगरमा नेपाली काँग्रेसले मेयरको नाम सिफारिस गरेको छ ।
काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि काँग्रेसले नीलकाजी शाक्य, श्रृजना सिंह, हरीप्रभा खड्गी श्रेष्ठ, ई. सुसन वैद्य, प्रगतिमान रंजित लगायतलाई काठमाडौं महानगर कार्यसमितिले सिफारिस गरेको हो । काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।
नेपाली काँग्रेसको विधानबमोजिम महानगरको उम्मेदवार केन्द्रले र उपमहानगरको प्रदेश कार्यसमितिले छनोट गर्नुपर्ने हुन्छ । नगर समितिले प्रदेश कमिटीलाई काठमाडौं महानगरको मेयर पदका लागि सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजी शाक्य, २ नम्बरमा काँग्रेसका प्रभावशाली नेता प्रकाशमान पत्नी श्रृजना सिंह रहेकी छिन् ।
त्यसैगरी हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम महानगर कार्यसमितिले सिफारिस गरेको छ । महानगरपालिकाको उपमेयर पदका लागि समितिले सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।
महानगरले उपमेयरमा नाम सिफारिस गरे पनि बुधबार बसेको गठबन्धनको बैठकले काठमाडौं महानगरमा मेयर काँग्रेसले पाएको छ भने उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेपाली काँग्रेसले महानगर कार्यसमितिले सिफारिस गरेका ५ जना मध्येबाट एक जनालाई मेयर छान्नेछ । जो सत्ता गठबन्धनको साझा उम्मेदवार हुनेछ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...