अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु (भिडियाेसहित) – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु (भिडियाेसहित)

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन् भने उक्त बिस्फोटमा ७ जना घाइते भएका छन् । विस्फोटमा परि घाइते भएका मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्णरुममा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको छ । बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफील गर्ने क्रममा सिलिण्डर बिष्फोट भएको र एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । विस्फोट कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त विस्फोटको घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडूले स्थलगत अवलोकन गर्दै घटनाप्रति दुख व्यक्त गरेका छन् । मन्त्री बडूले अक्सिजन सिलिण्डर नै बिस्फोट हुने घटना नौलो भएको र यसको सत्य तथ्य अनुसन्धान गरिने जानकारी दिए ।

मन्त्री बडूले उक्त घटनामा परि मृत्युवरण गरेका मृतक र घाइतेका परिवारलाई भेटेर सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए । उक्त घटनाको गृहमन्त्री बालकृष्ण खाँणले दुःख व्यक्त गर्दै छानबिन गर्न मताहतको निकायलाई निर्देशन दिए ।

भिडियाे…

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख ८, १५: २८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ बैशाख ८, १५: २८

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ बैशाख ८, १५: २८

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...