अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु (भिडियाेसहित) – Naya Bikalpa
March 28, 2024, Thursday

अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु (भिडियाेसहित)

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन् भने उक्त बिस्फोटमा ७ जना घाइते भएका छन् । विस्फोटमा परि घाइते भएका मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्णरुममा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको छ । बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफील गर्ने क्रममा सिलिण्डर बिष्फोट भएको र एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । विस्फोट कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त विस्फोटको घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडूले स्थलगत अवलोकन गर्दै घटनाप्रति दुख व्यक्त गरेका छन् । मन्त्री बडूले अक्सिजन सिलिण्डर नै बिस्फोट हुने घटना नौलो भएको र यसको सत्य तथ्य अनुसन्धान गरिने जानकारी दिए ।

मन्त्री बडूले उक्त घटनामा परि मृत्युवरण गरेका मृतक र घाइतेका परिवारलाई भेटेर सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए । उक्त घटनाको गृहमन्त्री बालकृष्ण खाँणले दुःख व्यक्त गर्दै छानबिन गर्न मताहतको निकायलाई निर्देशन दिए ।

भिडियाे…

सम्बन्धित समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीले तोके दुई मन्त्रीको जिम्मेवारी
सुदूरपश्चिमका मुख्यमन्त्रीले तोके दुई मन्त्रीको जिम्मेवारी
  • २०७९ बैशाख ८, १५: २८

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् ।...

अल्झिएर बसेका आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिनेः प्रधानमन्त्री
अल्झिएर बसेका आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिनेः प्रधानमन्त्री
  • २०७९ बैशाख ८, १५: २८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट...

प्रधानमन्त्रीले भने–विकास बजेट मागिरहने, तर खर्च नगर्ने 
प्रधानमन्त्रीले भने–विकास बजेट मागिरहने, तर खर्च नगर्ने 
  • २०७९ बैशाख ८, १५: २८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा विकासका लागि बजेट मागिरहने तर, खर्च नगर्ने प्रवृत्तिको अन्तहुनुपर्ने बताएका छन्...