चितवनका सबै पालिकाहरूमा मिल्याे गठबन्धनका दलहरूबीच भागबण्डा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

चितवनका सबै पालिकाहरूमा मिल्याे गठबन्धनका दलहरूबीच भागबण्डा

चितवन । भरतपुर महानगरपालिकाको मेयर नेपाली काँग्रेस पाउँनुपर्ने माग राख्दै आएको चितवन काँग्रेस अन्ततः सहमतिमा आएको छ । गठबन्धनका दलहरुको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँड गरेसंगै सहमतिमा आएको हो । यसअघि महागरको मेयर काँग्रेसले नपाए केन्द्रको निर्णय नमान्ने महानगर कार्यसमिति र वडा सभापतिहरुले निर्णय नै गरेका थिए ।

चितवनका पालिकाहरुमा गठबन्धनका दलहरुले भागबण्डाको विषय समेत टुङ्ग्याएका छन् । भरतपुर महानगरपालिकाको माओवादी केन्द्रले पाएसंगै यस बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा स्थानीय गठबन्धनले गरेको छ ।

चितवन जिल्लामा एक गाउँपालिका र ५ नगरपालिका रहेका छन् । यसको सिट बाँडफाँड सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एक सहमति भएको हो । गठबन्धनको शीर्ष दल नेपाली काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक वटा पालिका प्रमुख लिने सहमति भएको छ ।

काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने सहमति भएको भने माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ ।

यस्तै एमालेबाट फुटेर भर्खरै गठन भएको नेकपा एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने भएको छ । गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भागबण्डा मिलाएको गठबन्धन संयन्त्रका एक नेताले बताए ।

ती नेताले गठबन्धनका दलहरुबीच चितवनमा कुनै किसिमको समस्या नरहेको र जिल्लाका सबै पालिका, वडा तथा जिल्ला समन्वय समितिको समेत भागबण्डा मिलाइसकेको बताए । सहमतिअनुसार गठबन्धनका दलहरुबिच एकता र सहकार्य भएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउँनेमा केन्द्रीत हुने बताइएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख ९, १२: २०

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख ९, १२: २०

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख ९, १२: २०

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...