राेकिराखेकाे जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राेकिराखेकाे जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

काठमाडौं । रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंस्थित पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त घटनामा मोटरसाइकल चालक बम गम्भीर घाइते भएका थिए । गम्भीर घाइते बमलाई उपचार लागि पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा लिएको र उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलको पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहीबार जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल राती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख ९, १२: ४८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ बैशाख ९, १२: ४८

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ बैशाख ९, १२: ४८

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...