
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न आन्दोलनपछिको उपलव्धी जोगाउन फेरि पनि माओवादी आन्दोलनका घटकहरुमा एकता हुनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षडयन्त्र भइरहेकाले पूर्व माओवादी आन्दोलनका घटकहरु एक भएर जानुको विकल्प नभएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई बिभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियाबादी सत्ताको पुर्नप्राप्ती हुन सक्छ भन्नेहरु र फेरी निरंकुश लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने बताए ।
हिजो बिभाजित भएर गएका माओवादीमा पनि बिभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गर्दै प्रचण्डले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकको तर्क गरे ।
अहिले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेपनि नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दार कम्युनिस्टहरु त्यसको शिकार हुने खतरा रहेको बताए । प्रचण्डले एमाले भित्रका इमान्दार कम्युनिष्टहरुले गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरे ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...