
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसंगै विभिन्न पार्टीहरुमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको लर्को लागेको छ ।यस्तै जनता समाजवादी पार्टीका तीन जना नेता जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्दै देश र जनताको सेवमा समर्पित हुने बताइरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत गरेका थिए । पार्टीका अन्य नेताहरुले पनि अन्य पार्टीबाट माओवादी केन्द्रको राजनीतिमा आएका नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...