
जनकपुरधाम । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले तालमेलको लगनगाठो कसिलो बनाएका छन् । चुनावी तालमेलमा जनताको भावना, पार्टी कार्यकर्ताहरुको मर्म विपरित केन्द्रीय गठबन्धनले गरेका निर्णयहरुको आलोचना गर्दै केही स्थानमा नेपाली काँग्रेसले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने जनाएको छ ।
बुधबार सत्ता गठबन्धनले महानगर र उपमहानगरको सिट बाँडफाँड गर्दै नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पाएको थियो भने विरगंज, भरतपुर र पोखरा महानगरमा उपमेयर पाएको थियो ।
नेपाली काँग्रेस भरतपुर महानगर, पोखरा महानगर र जनकपुर उपमहानगरका स्थानीय पार्टी कार्यकर्ता तथा नेताहरुले काँग्रेसले प्रमुख पाउनुपर्ने माग राखेका थिए । यद्यपी, पार्टीको निर्णयलाई मान्ने भन्दै महानगरमा सहमतिसमेत भएपनि जनकपुर उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टीको निर्णयलाई स्वाकार गर्न नसकिने भन्र्दै पार्टी परित्याग गरेका छन् ।
शुक्रबार जनपुरधाममा पत्रकार सम्मेलन गर्दै सभापति साहले पार्टी केन्द्रले जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताए । यो निर्णयले पार्टीलाई नराम्रो असर गर्ने बताए ।
पत्रकार सम्मेलनमा सभापति साहले पार्टीले स्थानीय क्रियाशिल पार्टी कार्यकर्ताहरुको अपमान हुने गरी निर्णयमा अधिकांश नेता रूष्ट रहेको र आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको सभापति साहले बताए ।
पार्टीको निर्णय विपरित राजीनामा दिंदै जनताको मर्म र भावना तथा पार्टी कार्यकर्ताहरुको भावनालाई कदर, सम्मान गर्दै अब स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिने बताए । उम्मेदवारी दर्ता गर्ने समयसम्म नेतृत्वले निर्णय पुनर्विचार गरे राजीनामाबारे सोच्न सकिने समेत बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...