
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवार मनोनय गर्ने बेलासम्म नेपाली काँग्रेसले महानगर प्रमुख र उपप्रमुखको टुंगो लागाउने तयारीमा छ । महानगरपालिका मयेर–उपमेयरको उम्मेदवार चयनका लागि काँग्रेस संसदीय समिति बैठक अहिले पनि चलिरहेको छ ।
आइतबार संसदीय समिति गठन गरेको काँग्रेसले आज महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको बताइएको हो ।
यसअघि शुक्रबारदेखि महानगरपालिकाको मेयर उपमेयर छान्न शीर्ष नेताबीच छलफल भएको थियो । पटकपटक छलफल भएपनि सहमति जुट्न नसकेपछि उम्मेदवार छनोटमा ढिलाइ भएको काँग्रेस नेता बताउँछन् ।
काँग्रेसको बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा प्रभावशाली नेता प्रकाशमान सिंह पत्नि सिर्जना सिंहको नाममा सहमति जुटाएको छ । केही स्थानमा स्वतन्त्र उम्मेदवारी दिनेसम्मका कुराहरु बाहिर आइरहँदा काँग्रेसले आजको बैठकबाट उम्मेदवारको अन्तिम लिष्ट निकाल्ने देखिन्छ ।
नेपाली काँग्रेसले उम्मेवारी मनोनयको दास्रो दिनसम्म पनि महानगरपालिकाको प्रमुख र उपप्रमुखका विषयमा सहमति गर्न सकेको छैन् । अहिले बसीरहेको शीर्ष नेताहरुको टोलीले टुंगो लगाउँने र मनोनयका लागि निर्वाचन अधिकृतको कार्यालयमा जाने एक नेताले बताए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...