
काठमाडौं । सत्ता गठबन्धनका दलहरुले महानगर उपमहानगरपालिकाको सिट बाँडफाँड टुंग्याएसंगै नेपाली कांग्रेसले प्राप्त गरेको तीन महानगरपालिकाको प्रमुख र उपमेयरको उम्मेदवार टुंग्याएको छ ।
गठबन्धनको सहमति अनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाहरुमा प्रमुख र विरगंज, भरतपुर, पोखरा महानगरपालिकामा उप–प्रमुखको सिट पाएको छ । सहमति अनुसारनै काँग्रेसले भरतपुरको उपमेयरमा चित्रसेन अधिकारी, वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिइएको छ ।
भरतपुर महानगरपालिकाको मेयर माओवादीको भागमा, वीरगंजको मेयर जनता समाजवादी र पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाएका छन् । यी तीनवटै महानगरमा कांग्रेसले उपमेयर लिएको हो ।
नेपाली काँग्रेसका एक नेताकाअनुसार यी गठबन्धनका साझा उम्मेदवारहरुले देशैभर विजयी हासिल गर्नेछन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...