
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको प्रमुखमा टिकट, नेपालको हरेक राजनीतिक परिवर्तनमा अनवरत संघर्ष गरेको र २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर नेपाली काँग्रेसका सस्थापक नेता गणेशमान सिंहको निवास चाक्सीबारीबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई दिएको छ ।
पार्टीले महानगरको उम्मेदवारमा सिफारिस गरेसंगै नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता मनोनयन दर्ता गराएकी छन् ।
काँग्रेस नेतृ सिर्जना सिंहले मनोनयन दर्ताका क्रममा पत्रकारहरुसंगको कुराकानी गर्दै नेपालको राजनीतिक परिवर्तनमा, प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका हरेक परिवर्तनमा आफ्नो परिवारको योगदान रहेकाले आफूले महानगरमा जितेमा महिलाहरुका लागि गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने, युवाहरुका लागि महानगरमा योग्यता अनुसारको रोजगारीको सृजना गर्ने योजना रहेको बताइन् ।
विगतबाट नै नेपालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा आफु लागेको स्मरण गर्दै नेतृ सिंहले नेपाली काँग्रेसको मार्गदर्शक सिद्धान्तमा सधै अडिग रहने प्रतिवद्धता व्यक्त गरिन् । नेपालको प्रजातन्त्र पुनः स्थापना, जनतालाई रैतीबाट नागरिकको हैसियतमा पु¥याउन जीवनको आहुतिनै दिएका नेपालका लौह पुरुष गणेशमान सिंह र मंगलादेवी सिंहको बुहारी भएका नाताले उहाँहरुले देखाएको बाटोलाई शिरोपर गर्दै राजनीतिमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सभागृहस्थित उम्मेदवारी दर्ता र्यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीसंगै नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र छोरा प्रभासमान सिंह पुगेका थिए । उक्त र्यालीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको पनि सहभागी रहेको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...