चितवनमा गठबन्धनका साझा उम्मेदवार दाहाल र अधिकारीले गराए मनाेनयन दर्ता – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

चितवनमा गठबन्धनका साझा उम्मेदवार दाहाल र अधिकारीले गराए मनाेनयन दर्ता

चितवन । गठबन्धनका दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पेचिलो बनेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमतिअनुसार महानगरको प्रमुख माओवादीले लिएको छ भने नेपाली काँग्रेसले उपप्रमुख लिएको छ ।

उम्मेदवारी मनोनयनका दोस्रो दिन अर्थात अन्तिम दिन गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमयेर पदमा नेपाली काँग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहाल र अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता ¥यालीमा रेणु दाहाल, नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहितका नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

गठबन्धनका साझा उम्मेदवारका रुपमा आएका अधिकारी नेपाली काँग्रेस भरतपुर महानगरपालिका कार्यसमितिका सभापति हुन् । महानगरमा गठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने ¥यालीमा सहभागीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ बैशाख १२, १६: ३४

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७९ बैशाख १२, १६: ३४

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७९ बैशाख १२, १६: ३४

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...