देशभर अहिलेसम्म ३७ हजार ५८५ जनाले मनोनयन दर्ता गराए – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

देशभर अहिलेसम्म ३७ हजार ५८५ जनाले मनोनयन दर्ता गराए

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता रहे पनि दास्रो अर्थात १२ गते मात्रै भीडभाड बढेको छ । आइतबार ११ गते केही साना दलहरुले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।

७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने मनोनयन दर्ता कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको उल्लेख गरेको छ र अझै दर्ता कार्य जारी रहेको बताएको छ ।

हालसम्म प्रमुख पदमा १३९५ जना, अध्यक्ष पदमा १३२६ जना, उपप्रमुख पदमा ७८४ जना, उपाध्यक्ष पदमा ८२२ जना, वडाअध्यक्ष पदमा ९ हजार ७९७ जना, महिला सदस्य पदमा ५८४९, महिला दलित सदस्य पदमा ५०९५ र सदस्य पदमा १२ हजार ५१७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख १२, १७: ०५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ बैशाख १२, १७: ०५

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ बैशाख १२, १७: ०५

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...