उम्मेदवारी दर्ता गर्ने क्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

उम्मेदवारी दर्ता गर्ने क्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सिन्धुपाल्चोकको चौतारामा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप भएको छ । उम्मेदवारले मनोनयन दर्ता गर्ने बेलामा माओवादी केन्द्र र अन्य दलका उम्मेदवारहरुले होहल्ला गर्दा झडपको स्थिति बनेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले दर्ताका क्रममा होहल्ला बढेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्यास प्रहार गरेको जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको र आक्रोशित समूहले चौतारा नगरपालिकाको कार्यालय तोडफोड गरेका जानकारी दिए।

चौतारामा माओवादी नेता अमानसिंह तामाङले काठमाडौंमा बस्नेलाई टिकट दिएको भन्दै विवाद शुरु गरेको बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ बैशाख १२, १८: १३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ बैशाख १२, १८: १३

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ बैशाख १२, १८: १३

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...