
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा जाने भएको छ ।
मन्त्री श्रेष्ठ चार दिने भ्रममणका लागि मलेसिया जान लागेका हुन् । मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग सिंहदरबारस्थित मन्त्रालयमा मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गर्दै द्धिपक्षिय हितका साथै सहकार्यका बिषयमा छलफल छलफल गरेका हुन् ।
त्यस्तै मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए ।
बुधबार दिउँसो मन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली मलेसिया जाने कार्यक्रम छ ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्रालयका सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइन्छ ।
भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसंग मन्त्री सहितको टोलीले छलफल गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...