कवि तीर्थका कविता साँझ – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कवि तीर्थका कविता साँझ

मकवानपुर । हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका एकल कविता साँझ आयोजना गरिएको छ। नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ आयोजना भएको हो ।

कार्यक्रममा कवि श्रेष्ठले दर्जनौं कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो ।

उनले कविता मात्रै होइन गीत, गजल र मुक्तक क्षेत्रमा पनि कलम चलाएका छन् । कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेको बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनको भनाइ थियो ।

कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नु पूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । कवि तथा संस्कृतिकर्मी श्रेष्ठको भनाइमै कविताको गहन भाव लुकेको हुने उनले बताए ।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७९ असार १८, २१: ५४

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०७९ असार १८, २१: ५४

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०७९ असार १८, २१: ५४

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...