
जनकपुर । साउन २७ गते । सूत्र वा राखी दिदीबहिनीले दाजुभाइको दाहिने हातमा बाँधेर रक्षाबन्धन पर्व मनाउदै छन । दाजुभाइको घरमा गएर दिदी बहिनीले रक्षा बन्धनको लागी एकदुई दिन अघिदेखि तयारीमा लाग्ने गर्दछन ।
रक्षाबन्धनको पूर्व सन्ध्यामा तराइका विभिन्न क्षेत्रमा हाटबजारमा रङगीचङ्गी रक्षाबन्धन राखीका डोरा खरिद बिक्रीका लागि सजाइएका छन् ।
जताततै दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको भाव समेटिएका गीत बजाउन थालेपछि तराई रङ्गिएको छ । साउन शुक्ल पक्ष सुरु भएसँगै दाजुभाइ तथा दिदीबहिनीबीच न्यानो सम्बन्ध दर्शाउने गरी कलात्मक ढङ्गले तयार गरिएका रक्षा बन्धन किन्न पसलमा दिदीबहिनीको भीड लागेको देखिन्छ ।
मिथिला संस्कृतिको एक अभिन्न अङ्ग मानिएको यो पर्वको सन्देश प्रेम, सद्भाव र समर्पण रहेको संस्कृतिका जानकार शुभचन्द्र झा ले बताएका छन ।
पर्वकै दिन ब्राह्मण पुरोहितको हातबाट रक्षाबन्धन बाँधिने परम्परासमेत भए पनि मिथिलामा यो पर्वको आकर्षण भने दिदीबहिनीको हातबाट राखी बाँध्ने गरिएको उहाँको भनाइ छ ।
जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रहमा, विष्णु र महेश्वरको प्रतीकको रूपमा पुजिएको र अर्को डोराको तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगको रूपमा मान्दै पूजापाठ गरी जनै फेर्ने गरिन्छ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...