आर्थिक समृद्धिका लागि नेपाली मोडेलको विकास हुनुपर्छ – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

आर्थिक समृद्धिका लागि नेपाली मोडेलको विकास हुनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक समृद्धिका लागी विकासको नयाँ मोडेलको विकास हुनपर्ने बताए ।

काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताउनुहुँदै आफनो धारणा राख्नु भएको थियो ।

नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताउनु भयो ।
हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गयौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ ।

मैले गर्ने संकल्पमा अब एकचोटी फेरि देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहे अनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति आफूलाई समर्पित गर्ने मैले प्रतिवद्धता व्यक्त गर्दै आएको छु ।

विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्वन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले विगतमा कतिपयले सिंगापुर, स्वीट्जरल्याण्ड, जापानजस्तो हुनु पर्छ भन्ने पनि तर, अहिले सबैतिरको स्थिति हेर्दा नेपालको विकास नेपाली मोडेलकै हुनुपर्ने बताए ।

देशको इतिहास, भुगोल, संस्कृति, जातीय बनोट अनुसार नै सो मोडेलको विकास गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्वन गर्ने, आयात प्रतिस्थापन गर्ने, साथसाथै त्यो उत्पादन कार्यलाई अगाडि बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति कला, संस्कृति, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भूमिका रहने चर्चा गर्नु भयो ।

यसले मानिसको जीवन र समाज सुमधुर बनाउन सहयोग गर्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ श्रावण ३०, १६: ०७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ श्रावण ३०, १६: ०७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ श्रावण ३०, १६: ०७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...