कांग्रेसमा ४० र ६० को भागबण्डा : आन्तरिक व्यवस्थापन र चुनाव जित्ने आधार – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

कांग्रेसमा ४० र ६० को भागबण्डा : आन्तरिक व्यवस्थापन र चुनाव जित्ने आधार

दामोदर प्रसाद दवाडी

शाही सत्ताविरुद्ध भएको दोस्रो जनआन्दोलन २०६२/०६३ मा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस चुनवा चिन्ह (रुख) र शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक (कलश) एउटै मोर्चामा होमिए । जनआन्दोलन सफल भएसँगै दुवै पार्टी एकीकृत हुँदा शेरबहादुर देउवाले ४० प्रतिशत भाग लिँदै आए । त्यसबेलादेखि कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका देउवाले ४० प्रतिशतको हैसियत दाबी गर्दै लिने प्रचलनले निरन्तरता पाउँदै आएको छ ।

२०६७ सालमा भएको पार्टीको १२ औं महाधिवेशनमा शुशिल कोइराला र देउवाबीच प्रतिष्पर्धा हुँदा कोइराला सभापति विजयी भए । तर उनले उपविजेता भएका देउवा समूहको पार्टीको आन्तरिक जीवनको प्रभावलाई अबमुल्यन गरेनन् र पार्टीका हरेक तह र भ्रातृ संगठनको ४० प्रतिशतमा अवसर दिए । संस्थापन पक्षले पार्टी संगठन र नेतृत्व तहमा ६० प्रतिशत लिएर ४० प्रतिशत स्थानमा संस्थापनइत्तर पक्षका देउवालाई उपलब्ध गराए । दुई नेताबीच अस्वस्थ प्रतिष्पर्धा निम्त्याउन दुवै नेता नजिकका केही नेताले आफ्नो स्वार्थ अनुकुल द्वन्द्व निम्त्याउन खोजे तर दुई नेताबीच तिक्त्ततापूर्ण सम्वन्ध भएन ।

जीवनको उत्तरार्धमा अन्तरपार्टी एकता, सहमति र सहकार्यको सूत्र अपनाउने गिरिजाप्रसादको शैलीलाई शुशिलले पनि अपनाएकै थिए । जसले गर्दा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नराम्रोसँग पराजयको तीतो परिणाम ग्रहण गरेको कांग्रेसलाई २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनले पहिलो दलको रुपमा स्थापित गरेको तथ्य जगजाहेर नै छ ।

पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको आन्तरिक जीवनलाई स्वस्थ्य, बलियो, भरपर्दो र अपनत्व अनुभव होस भनेर सहमति, सहकार्य र एकताको मर्मलाई आन्तसाथ गरे । गिरिजाप्रसादको सो मान्यतालाई उनका उत्तराधिकारी शुशिल कोइरालाले नपछ्याउने कुरै भएन । जीवनको उत्तरार्धमा अन्तरपार्टी एकता, सहमति र सहकार्यको सूत्र अपनाउने गिरिजाप्रसादको शैलीलाई शुशिलले पनि अपनाएकै थिए ।

जसले गर्दा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नराम्रोसँग पराजयको तीतो परिणाम ग्रहण गरेको कांग्रेसलाई २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनले पहिलो दलको रुपमा स्थापित गरेको तथ्य जगजाहेर नै छ ।

शुशिल कोइरालको देहवासनपछि १३ औं महाधिवेशनमा देउवा सभापति भए । तर उनले आफूसँग पराजित भएका रामचन्द्र पौडेलको संस्थापनइत्तर समूहलाई ४० प्रतिशतको हैसियत दाबी गरे पनि त्यो प्राप्त भएन र टार्दै आए । जसले पार्टीको आन्तरिक एकता मजबुद भएन । मुलुकको दोश्रो र तेश्रो ठूला दल तत्कालिन एमाले र माओबादीसँग सहकार्य त के सहमति पनि हुन सकेन ।

परिणामतः कांग्रेसले २०७४ मा भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा नराम्रोसँग पराजय भोग्न बाध्य भयो । पौडेलले ४० प्रतिशत मागिरहे देउवाले दिँदै नदिने कर्मले पार्टीको आन्तरिक एकता मजबुद हुन सकेन ।

१४ औं महाधिवेशनमा आफूसँग प्रतिष्पर्धा गरेका डा. शेखर कोइरालाको समूहले विगत ९ महिनादेखि पार्टीमा ४० प्रतिशत आफूहरुको हैसियत अनुसारको भाग पाउनु पर्ने माग राख्दै आए ।

डा. शेखर कोइराला निकट नेताहरूको समूहले हालै एक अनौपचारिक बैठकबाट पार्टीभित्रका सबै संगठन र भ्रातृ संस्थाहरुमा ४० प्रतिशत भाग लिएर छाड्ने निष्कर्षमा पुगेपछि कांग्रेसभित्र भागबण्डाको परम्परा पेचिलो बन्दै गएको छ । स्थानीय निर्वाचनदेखि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा अन्तरपार्टी गठबन्धनबाट फेरी पनि प्रदेश र संघको निर्वाचन हाक्ने रणनीतिमा पुगेपछि जिल्लागत निर्वाचन क्षेत्रमा सबै स्थान कांग्रेसले जित्ने दाबी गर्दै जिल्ला नेताहरुको भीड यतिवेला काठमाडौंमा हुने गरेको छ । जिल्ला नेताहरुको दौडपछि कांग्रेसको तर्फबाट गठबन्धनका संयोजक बनाइएका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समेत निकै चेपुवामा पर्दै आएको बुझिन्छ ।

डा. कोइरालाको पछिल्लो कदमले मंसिर ४ को लागि मात्र भागबण्डा नभएर पार्टीलाई एक जुट बनाउन र आन्तरिक पार्टीभित्रका सबै पदहरुमा ४० प्रतिशतको भागबण्डा मिलाउनुपर्ने अडान कोइरालाले पुन दोहो¥याएका छन् ।
यस्तो अवस्थामा देउवा यतिखेर मिलेर जाने रणनीतिमा लागेको बताइन्छ । कोइराला समूहले यदि यसरी मिलाइएन भने पार्टी पराजित हुने तर्क अगाडि सारेपछि बहुमतले मात्र पेलेर जाँदा पार्टीभित्र झनझन बिग्रह बढ्ने संकेत देखा परिरहेको पार्टीका शुभेच्छुकहरु बताउँछन् ।

यसै अनुरुप सोमबार बिहान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच बालुवाटारमा छलफल भएको छ । छलफलका लागि प्रधानमन्त्री देउवाले नै कोइरालालाई बोलाएको स्रोतको दाबी छ । देउवा निबास बालुवाटारमा सोमबार भएको छलफलमा सभापति देउवा केही लचिलो देखिएको बताइएको छ । देउवा यतिवेला कोइरालाप्रति लचिलो भएकै कारण देउवा आफैले कोइरालालाई छलफलका लागि बोलाइएको भन्ने बुझिन्छ ।

आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन तोकिएसँगै गठबन्धनमा सिटका लागि माग गर्नेहरु तछाडमछाड गरिरहेकै छन् । निर्वाचनमा डा. शेखर कोइराला समूहले ४० प्रतिशत प्रतिनिधित्वको कुराले पार्टीभित्रको सन्तुलनमा फेरी नयाँ तरंग फैलिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोकेसँगै कोइराला समूहले प्रतिनिधिसभा र प्रदेशसभामा पनि ४० प्रतिशत सिटको दाबी गरे पश्चात कोइराला समूह पार्टीभित्र आक्रमक हुँदै गएको बुझ्न  गार्हाे छैन ।

हाल डा. कोइरालाका समूहमा कांग्रेसका चर्चित अनुहारहरु धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, डा.चन्द्र भण्डारी, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे लगाएत युवा नेताहरु एकै भएको देखिन्छ । यी चर्चित अनुहार र महामन्त्री गगन थापा १४ औं महाधिवेशनपछि आफूलाई भविष्यको प्रधानमन्त्रीको रुपमा स्थापित गराउने प्रयास गरेका कारण पनि देउवा केही लचिलो बनेको अनुमान गर्न सकिन्छ ।

१४ औं महाधिवेशनपछि राष्ट्रपतिको लोभमा रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई आफूतर्फ तान्न देउवा सफल भएका छन् । पौडेल र सिटौलाबीच निकै अगाडिदेखि बोलचाल समेत भएको देखिदैन । १४ औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा आफूलाई सघाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच पनि राम्रो तालमेल देखिदैन ।

कांग्रेस आगामी निर्वाचनमा गठबन्धनबाटै जाने निर्णयसँगै एक सय ६५ सिट मध्ये प्रतिनिधि सभामा कांग्रेसको भागमा करिब एक सय सिट पर्ने देखिन्छ । तर गठबन्धनका सहभागी दलहरुले कांग्रेसलाई १०० सिट मान्न तयार नहुँदा गठबन्धन भत्किने सम्भावना पनि नकार्न सकिदैन ।

यदि गठबन्धन हुँदा कांग्रेसले बढीमा एक सय वा घटीमा ९५ सिट पाउँदा कोइराला पक्षले ४० प्रतिशतको हैसियत वा प्रतिनिधि सभामा आफ्ना पक्षका ३८ देखि ४० जनाले टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् ।

आफूहरुको समुहले भने बमोजिम सिट नपाउने हो भने पार्टीको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न सभपति देउवालाई कठिनाइ हुने बताउँछन् । आमकार्यकर्ता कांग्रेस एक्लै निर्वाचनमा होमिन पर्ने चर्को आवाज छेक्न पनि कांग्रेसभित्र आन्तरिक द्धन्द्ध व्यवस्थापन हुन जरुरी छ । गएको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पाटी भएको हुँदा प्रदेश र संघमा पनि पहिलो हुनुपर्ने दाबी कांग्रेसको छ ।

१४ औं महाधिवेशनमा तल्लो तहसम्म गुटबन्धीको सिकार बनेको कांग्रेसले आगामी निर्वाचनमा पनि वर्तमान संस्थापन पक्षले एकलौटी ढंगबाट टिकट वितरण गर्दा कतै कांग्रेस दुर्घटनामा त पर्दैन भनेर कांग्रेसका शुभचिन्तकहरुले भन्न थालेका छन् ।

मुलुकको राजनैतिक जीवनमा ऐतिहासिक कालखण्ड पार गर्दै आएको कांग्रेस निर्वाचन पिच्छे कम्युनिष्टहरुको वैशाखी टेक्नुपर्ने वाध्यता कसले बनायो खोजीको विषय बनेता पनि वर्तमान नेतृत्वमा समिक्षा गर्ने जमर्को कुनै नेताबाट सुरु नहुनुलाई विडम्बना नै मान्नु पर्दछ ।

सम्बन्धित समाचार

निर्वाचनको मेसोमा आचार संहिताको अपमान नहोस्
निर्वाचनको मेसोमा आचार संहिताको अपमान नहोस्
  • २०७९ भाद्र १, १३: ४५

१. निर्वाचनको मेसो २०८२सालको फागुन २१गते हुन लागेको आम निर्वाचन अब हप्ता दिनको नजिकैजस्तो आई सकेको छ । निर्वाचन सफलताका...

प्रजातन्त्रमा निर्वाचनमार्फत् नै पूरा गर्नैपर्ने जनताको अपेक्षा
प्रजातन्त्रमा निर्वाचनमार्फत् नै पूरा गर्नैपर्ने जनताको अपेक्षा
  • २०७९ भाद्र १, १३: ४५

१. निर्वाचनको अर्थ नै धेरै योग्य आकांक्षीहरुमध्ये कसैलाई छान्ने हो । प्रत्यक्ष रुपमा छानिने योग्य व्यक्तिलाई छान्न आधुनिक समयमा भोटिङ्...

हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि  सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
  • २०७९ भाद्र १, १३: ४५

१.फेरि हल्ला सुरु भयो सूचना प्रविधिको आन्तरिक कुसूचनाका हल्लाले मुलुकहरुको अवस्था नाजुक हुन थालेको बेलामा नेपाल पनि सूचना प्रविधिको हल्लाका...