बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं भगवती जात्रा आज पाल्पाको तानसेनमा मनाइँदैछ । कोभिड महामारीका कारण जात्रा रोकिएको थियो ।
हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको दोस्रो अर्थात भोलीपल्ट भगवतीको जात्रा हुँदै आएको छ । जितगढी युद्ध जितेकोमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ ।
पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि।सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेक थिए ।
जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो ।
राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइमा जानु अघि थापाले युद्धमा जित भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए ।
विजय पश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि बुटवलको जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।
भगवती जात्रा धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा स्थापित भएको तानसेन नगरपाकिलाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिरको निर्माण पूरा गरेका थिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...