
काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु पस्किदै जाने गायक राणाले बताएका छन् ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...