सचित राईको आयो ‘भुइँसोरी सेवा’ म्युजिक भिडियो सार्वजनिक – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सचित राईको आयो ‘भुइँसोरी सेवा’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । किराँत संस्कृति झल्काउने ‘भुइँसोरी सेवा’को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । यो गीत पत्रकार–लेखक सचित राईले लेखेका हुन् । गायक थिरज राई र गायिका नुमा राईले स्वर दिएका छन् । संगीत गायक राईले नै भरेका हुन् भने संगीत संयोजन फणीन्द्र राईले गरेका छन् ।

यो गीतको भिडियोमा कलाकार सीता राई र माई लाइफ सुनुवारले अभिनय गरेका छन् । यसका निर्देशक जया टी वाइबा (सानु लामा) छन् ।

कोरियोग्राफी किरात बिन्द्र राईले गरेका हुन् । ‘हामीले यो गीतमार्फत किरात संस्कृतिलाई देखाउने प्रयास गरेका छौं’, गायक थिरजले भने, ‘यसमा दर्शकको साथ रहने विश्वास लिएका छौं ।’

यसअघि थिरजको संगीत र सचितकै शब्द रहेको ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको थियो ।

जुन गीतमा राजेशपायल राई र मेलिना राईको स्वर थियो । उक्त साकेला गीतमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई लगायत धेरै चर्चित कलाकारले अभिनय गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ भाद्र १९, १३: ५४

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ भाद्र १९, १३: ५४

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ भाद्र १९, १३: ५४

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...