शुक्रबारबाट रिलिज हुने ‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले शो नदिएकोमा आपत्ती – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

शुक्रबारबाट रिलिज हुने ‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले शो नदिएकोमा आपत्ती

काठमाडौं । भोलिबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ती जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ती जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको भन्दै आपक्ति जनाएका छन् । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफुले केही पत्ता नपाएको उनले बताए । उनले भने,“मैले फिल्म बनाएपनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो की । हामीले समाज र परिवारको कुरा गर्छौ, त्यो कुराप्रति संवेदनशिल हिनता हो यो, यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।”

फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको समेत स्पष्ट पारे । उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो पोखे ।
फिल्म शो को समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो त्यसबारे पनि आफुलाई केही थाहा नभएको उनको भनाइ छ । “चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो ।”उनले भने,“क्विक एक्सन केही हुनुपथ्र्यो होला ।”

निर्माता आकाश पौडेलले फिल्म भोलि रिलिज हुने भनेपनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएको बताएका छन् । उनले भने,“साथीभाईहरुले शो को समय सोधेपनि हामीसँग कुनै जवाफ छैन् ।” ६० वर्ष अघि नेपाली फिल्मको सुरुवात भएपनि उद्योगको अवस्था जहाँको त्यही रहेको उनको भनाइ थियो । सो फिल्म धेरै दुख गरेर निर्माण गरेको उल्लेख गर्दै यस्तै समस्याले चलचित्र उद्योगको अवस्था झन् खस्कने टिप्पणी गरे ।

फिल्म निर्माता प्रविन स्याङ्बोले फिल्म उद्योगले क्षेत्रका सबै व्यक्तिहरुलाई राखेर खुल्ला छलफल गर्नुपर्ने बेला आएको धारणा राखेका छन् । उनले भने,“हामी निर्माताहरुले लिने रोडम्याप के हो ? त्यसबारेमा स्पष्ट हुनुपर्यो, यसबारे अहिल्यै जानकारी पाए अर्को फिल्म निर्माणमा सहयोग हन्छ ।”

कास्टिङ निर्देशक केदार श्रेष्ठले फिल्मलाई कम्तिमा पनि एक सिनेमा हलमा एक शो मात्र भए पनि दिनुपर्ने बताएका छन् । अहिले आफुहरुले भोगेको समस्या एउटा फिल्मको मात्र नभएर समग्र फिल्म क्षेत्रको हिसाबले बुझ्न पर्ने उनको भनाइ थियो ।
उनले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र क्षेत्रले गर्व गर्न सक्ने बनाएको समेत दाबी गरे ।

यसैगरी, अर्का निर्माता रामकृष्ण पोखरेलले सबै फिल्मलाई हलहरुले प्रदर्शन गर्ने मौका दिनुपर्ने धारणा राखेका छन् । उनले सिनेमा हलहरुले राम्रो फिल्मलाई सहयोग नै नगर्ने आरोप लगाए । उनले भने,“यो फिल्ममा कलाकार नै ठुलो छैनन् भन्ने, कहिले के भन्ने गर्छन् । नयाँ निर्माताहरुलाई स्पेश नै दिँदैनन् ।”

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ भाद्र २३, १७: ३३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ भाद्र २३, १७: ३३

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ भाद्र २३, १७: ३३

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...