सन्दीपबारे प्रमोद खरेलले गरे यस्तो प्रश्न : देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको केही बिग्रन्छ र ? – Naya Bikalpa
June 1, 2023, Thursday

सन्दीपबारे प्रमोद खरेलले गरे यस्तो प्रश्न : देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको केही बिग्रन्छ र ?

 


काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे हल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ? भन्दै चर्चित गायक प्रमोद खरेलले प्रश्न गरेका छन् ।

खरेलले सामाजिक सञ्जाल ट्वीटरमा मार्फत सन्दीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सन्दीपमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मानौं उ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’ उनी अगाडि लेख्छन्, ‘देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको केही बिग्रन्छ र ?’

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ ।
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउन साथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जति बेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ ।

विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको हो ।

काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो । पुर्जी जारी भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ ।

लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ ।

भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न उनी वेस्ट इन्डिज पुगेका थिए ।

क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन् ।
१८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’

सम्बन्धित समाचार

महिला क्रिकेट : मलेसियाविरुद्ध नेपालको शानदार जित
महिला क्रिकेट : मलेसियाविरुद्ध नेपालको शानदार जित
  • २०७९ भाद्र ३०, १६: ३९

काठमाडौं । नेपालले तेस्रो महिला टि २० आई खेलमा मलेसियाविरुद्ध सानदार जित हात पारेको छ । बांगीस्थित युएसडी युकेएम ओभलमा...

नेपालले दियो मलेसियालाई १११ रनको लक्ष्य
नेपालले दियो मलेसियालाई १११ रनको लक्ष्य
  • २०७९ भाद्र ३०, १६: ३९

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको छ। मलेसियासँगको तेस्रो टी–२० आईमा युकेएम...

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
  • २०७९ भाद्र ३०, १६: ३९

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...