
काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे हल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ? भन्दै चर्चित गायक प्रमोद खरेलले प्रश्न गरेका छन् ।
खरेलले सामाजिक सञ्जाल ट्वीटरमा मार्फत सन्दीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सन्दीपमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘मानौं उ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’ उनी अगाडि लेख्छन्, ‘देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको केही बिग्रन्छ र ?’

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ ।
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउन साथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जति बेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ ।
विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको हो ।
काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो । पुर्जी जारी भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ ।
लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ ।
भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न उनी वेस्ट इन्डिज पुगेका थिए ।
क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन् ।
१८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’
काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...