काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । ३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् ।
ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले हालसम्म उनलाई फेला पार्न नसकिएको बताए । पछिल्लो पटक उनी सुन्दरीघाट नजिक देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए ।
उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ । राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेद्धारा भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार...
सिन्धुली । सर्पको टोकाइबाट एकै घरका दाजु-भाइको मृत्यु भएकाे छ । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले टाेकेर एकै परिवारका दुई...