काठमाडौं । बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको आज बिहान निधन भएको छ । कोलकाताको एक अस्पतालमा ५९ वर्षीया सोनालीको मृत्यु भएको हो । सोनालीको केभाडा तालाको शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ ।
सोनाली लामो समयदेखि धेरै शारीरिक रोगबाट पीडित थिइन् । उनी बारम्बार अस्पताल भर्ना हुनुपर्थ्यो। गत भदौमा पनि भर्ना हुनुपरेको थियो । त्यतिबेला उनको पेटमा पानी जमेको थियो । सोनाली बिरामी थिइन्, तर उनले काम गर्न नछाडेको उनका साथीहरु बताउछन् ।
सोनाली सिरियल ‘गन्ताचारा’ मा शोलंकीकी काकीको भूमिकामा पनि देखिएकी थिइन् । उनी कलेजोको क्यान्सरबाट पीडित थिइन् र त्यही कारण उनको निधन भएको हो । सोनालीको निधनले सिंगो उद्योग स्तब्ध भएको छ ।
सोनाली बंगालकी चर्चित अभिनेत्री हुन् । आफ्नो लामो करियरमा उनले धेरै ठूला टिभी सिरियल र फिल्ममा काम गरिसकेका छन् ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...