काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि आज बिहीबारदेखि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने भएका छन् ।
निर्वाचन हुन १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो । राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ।
दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सक्ने व्यवस्था गरेको छ ।
आयोगले आचारसंहिता प्रतिकुल हुनेगरी गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...
काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ एक करोड ७ लाख...
काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगले...