काठमाडौं । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।
फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ। बि . एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ । कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो। असल टिभी नामक युट्युव च्यानल मार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...