अमेरिकाबाट आयो वृत्तचित्र ‘कुन हो मेरो देश’ (भिडियो) – Naya Bikalpa
June 1, 2023, Thursday

अमेरिकाबाट आयो वृत्तचित्र ‘कुन हो मेरो देश’ (भिडियो)

काठमाडौं । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ। बि . एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ । कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो। असल टिभी नामक युट्युव च्यानल मार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
  • २०७९ कार्तिक २९, १०: ४६

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...

उपसचिव यादवविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा
उपसचिव यादवविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा
  • २०७९ कार्तिक २९, १०: ४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेद्धारा भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार...

सिन्धुलीमा सर्पको टोकाइबाट दाजु-भाइको मृत्यु
सिन्धुलीमा सर्पको टोकाइबाट दाजु-भाइको मृत्यु
  • २०७९ कार्तिक २९, १०: ४६

सिन्धुली । सर्पको टोकाइबाट एकै घरका दाजु-भाइको मृत्यु भएकाे छ । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले टाेकेर एकै परिवारका दुई...