कविः माधव साधक परियार
सेक्यूरिटीको काम गर्छु ढोका लाउने खोल्ने ।
सबैसँग प्रेमभावले नम्र भई बोल्ने ।।
पे्रमभावले बोल्ने गर्छु म त सबैसँग ।
माधवसँग कुरा गर्दा पर्छन् सबै दङ्ग ।।
गोर्खाली कम्पनी नै तीर्थ चार धाम ।
नातेदार इष्ममित्र मेरो आफ्नै आमा ।।
्
पेटपूजा गर्ने ठाउँ आम्दानी नै आमा ।
आत्म साक्षी राखी गर्छ माधव सधै काम ।।
गोर्खालीमै काम गर्दै विश्व चर्चित हुन्छु ।
सुनिश्चित छ दुईमत छैन चन्द्रमालाई छुन्छु ।।
विजय सरलाई यहि पुकार मैले ग¥या थिएँ ।
अन्तरमनको भावलाई मैले लेखिदिएँ ।।
सुनिश्चित छ ठोकुवा गर्छु त्यो दिन आउँछ पक्कै ।
त्यतिबेला सबैजना पर्ने नै छन् छक्कै ।।
एकचोटी माफी दिनुहुन्छ विजय सरले ।
गरिराख्या ठाउँबाट सरुवा गर्दिए अरुले ।।
दुई हजार चौहत्तर साल मंसीर सत्ताइस थियो ।
आँशु झार्दै पीडा सहि कविता लेखिदियो ।।
कृष्ण सर र विजय सरलाई मेरो जय जय ।
फेरि पनि आउँदा दिनमा गर्नुहुन्छ दया ।।
विश्वको शुभचिन्तक माधव मेरो नाउँ ।
गोर्खाली कम्पनी सर्वश्रेष्ठ होस् यहि देख्न पाउँ ।।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...