प्रदेश १ मा सरकार गठनमा कठिनाई, जसपाका एक सांसद निर्णायक – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
बहुमत पुर्याउन दुवै गठबन्धनलाई सकसः मुख्यमन्त्रीमा ४ जना आकाङ्छी

प्रदेश १ मा सरकार गठनमा कठिनाई, जसपाका एक सांसद निर्णायक

काठमाडौं । नपत्याउने खोलाले बगाउँछ भने झैं प्रदेश नम्वर १ मा सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलको तालमेलले पनि बहुमत ल्याउन नसेकपछि समानुपातिकबाट मात्र एक सिट प्राप्त गरेको जनता समाजबादी पार्टी (जसपा) नेपालका सांसद निर्णायक भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेश समेत रहेको प्रदेश नम्वर १ मा गठबन्धनको नेतृत्वलाई सरकार बनाउने विषय प्रतिष्ठाको सवाल भएको छ ।

प्रदेश १ का ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित ५६ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ३७ गरी प्रदेश सभामा ९३ सदस्य हुन्छन् । यो प्रदेशमा सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ ।

प्रदेश १ मा सत्ता गठबन्धनमध्ये तीन दल नेपाली कांग्रेस, माओबादी केन्द्र र नेकपा (एकिकृत समाजबादी)सँग जम्मा ४६ सांसद मात्र  छन् । उता एमाले र राप्रपासँग पनि ४६ जना मात्र सांसद देखिन्छन् ।

मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग तालमेल गरेको जसपासँग १ मात्र सामानुपातिक सांसद चयन हुने छन् । निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नहुँदै जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा एमालेसँग गरिएको तालमेल चुनाव सकिएसँगै सकिएको प्रतिक्रिया दिएका छन् ।

जसपा अध्यक्ष यादवको यस्तो अभिव्यक्तिले उनी सत्ता गठबन्धनका दलसँग नजिक हुन चाहेको संकेत दिएका छन् । त्यसैले यो प्रदेशमा कसको नेतृत्वमा वा कुन कुन दलको गठबन्धनबाट सरकार बन्ने भन्ने निश्चित छैन । जसपाका एक मात्र समानुपातिक प्रदेश सभासदले जता समर्थन गरे उसैको नेतृत्वमा सरकार बन्ने निश्चित छ ।

यस्तो छ अंक गणित–
प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भए अनुसार ५६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रमा जीत हासिल गरेर एमाले पहिलो दल बनेको छ । समानुपातिकमा पनि उसले सबै दललाइ उछिनेर १५ प्रदेश सभा सदस्यलाई चयन गर्दैछ ।

याे प्रदेश को झापा जिल्लाभर एमालेसँग तालमेल गरेको राप्रपाले भने प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिटमा जीत निकालेको छ । एमाले र राप्रपालाई यहाँ प्रदेश सरकार निर्माण गर्न अर्थात बहुमत ल्याउन १ सिट पुगेको छैन । जुन सत्ता गठबन्धनसँग सहमति गरि नसकेको जसपाको भर पर्नु पर्ने देखिन्छ ।

उता सत्ताकाे एक घटक नेपाली कांग्रेसले यो प्रदेशमा १७ र समानुपातिकमा १२ जना गरी २९ सिट सुरक्षित गरेको छ । अर्को सत्ता घटक माओबादी केन्द्रले प्रत्यक्षबाट ९ जनालाई विजयी बनाएको छ भने ४ जना समानुपातिकबाट चयन गर्दैछ । नेकपा एसबाट प्रत्यक्षमा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित ४ जना र समानुपातिकमा १ जना गरी ५ जना चयन भएका छन् ।

बहुमत नपुगे पनि मुख्यमन्त्री दौडमा ४ भाई

प्रदेश नम्वर १ मा कुनै पनि दलको बहुमत पुगेको छैन । तर यो प्रदेशको प्रदेश सभामा निर्वाचित चार दलका नेताहरु केन्द्रीय नेताको रोजाइमा परेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अमृत अर्याल मोरङ्गको क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्ने तयारी गरेका थिए । तर, माओबादी केन्द्रका निवर्तमान सांसद शिवकुमार मण्डल केवटलाई कुनै हालतमा टिकट दिनु पर्ने माओबादी केन्द्रको अडानपछि अर्यालको नाम कटेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकटका अर्यालले मित्रवत प्रतिष्पर्धा गरेर पनि आफूले चुनाव जित्ने दाबी नगरेका होइनन् । तर प्रदेश १ मा भावी मुख्यमन्त्रीको आश्वासनपछि उनी मोरङ्गको क्षेत्र नम्वर ५ को ‘ख’ बाट प्रत्यक्षमा उम्मेदवारी दिएर भारी मतले विजयी भए । सभापति देउवा उनै अर्याललाई मुख्यमन्त्री बनाउन जसपालाई मनाउने तयारीमा छन् ।

नेकपा (एस)ले यो प्रदेशमा ४ क्षेत्रमा मात्र जितेको र १ सिट समानुपातिकमा पाएको भए पनि केन्द्रीय तहमा पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई पुनः मुख्यमन्त्री बनाउनु पर्ने अडानमा छन् । नेकपा एसले प्रदेश सभातर्फ सूदुरपश्चिम र प्रदेश १ मा मात्र सम्भावित मुख्यमन्त्रीका उम्मेदवारलाई जिताउन सफल भएको छ ।

नेकपा एसले ७ प्रदेशमध्ये एउटा प्रदेशको मुख्यमन्त्री माग्नु पर्दा पार्टी अध्यक्ष माधवकुमार नेपालको रोजाईमा राजेन्द्र राई नै पर्ने पक्का पक्की छ ।

उता माओबादी केन्द्रले पनि अघिल्लो पटक नेकपा एसले पाएको प्रदेश नम्वर १ को मुख्यमन्त्री पद यो पटक आफ्नो पार्टीले पाउनु पर्ने अडान लिएको छ । माओबादीले पाँचथरको प्रदेश सभा ‘ख’बाट निर्वाचित भएका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउनु पर्ने अडान लिएको छ ।  माओबादी भने मोरङमा गठबन्धनका साझा उम्मेदवार शिवकुमार मण्डललाई जिताउन नसक्ने सोही क्षेत्रका प्रदेश सभा सदस्य कांग्रेसका अर्याललाई मुख्य मन्त्री बनाउन राजि देखिँदैन ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार कांग्रेस नेतृत्वमा निर्माण भए आफ्नो पार्टी प्रमुख प्रतिपक्षीमा बस्न तयार भएको भन्दै प्रदेश १ को सरकार निर्माणमा आफ्नो दललाई सहयोगको अपेक्षा गरेको संकेत गरेका छन् । प्रदेश १ मा एमालेले राप्रपाका ६ जना प्रदेश सभसद्को समर्थन पाउने भए पछि जसपालाई मात्र नभएर सत्ता गठबन्धनका दलसँग समेत सहयोगको अपेक्षा गरेको देखिन्छ । केपीले चुनाव जितेकाे झापा क्षेत्र नम्वर ५ काे क बाट निर्वाचित नेता हिक्मत कार्कीलाइ मुख्य मन्त्री बनाउन चाहन्छन् । कार्कीलाइ भावी मुख्यमन्त्री भनेर केपीले चुनावी सभामा बाेल्दै हिँडेका थिए ।

याे प्रदेशमा गठबन्धन दलबीच नै बहुमत नपुग्ने भएपछि प्रदेश सरकारकाे  भविश्य अन्याेलपूर्ण मत्र हाेइन, अस्थिर हुन सक्ने अवस्था देखिन्छ । एमाले झापाका सह इन्चार्ज तथा पूर्व सभासद अमृतलाल राजबंसी प्रदेश नम्वर १ मा कांग्रेस र एमालेले सहमतिमा प्रदेश सरकार नबनाएमा अस्थिरता हुने र अर्काे चुनावसम्म क्षेत्रिय र जातिय दल तथा नयाँ दलले संघीयताप्रति नै नकारात्मक सन्देस बाेकेर अस्थिरता ल्याउन सक्ने चुनाैति भएकाे बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ मंसिर २३, १७: २८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७९ मंसिर २३, १७: २८

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ मंसिर २३, १७: २८

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...