कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका यी हुन ३२ उम्मेदवार – Naya Bikalpa
March 28, 2024, Thursday
निधि, महत र परियार सांसदमा सिफारिस हुँदा श्रेष्ठ र मन्सुर अटाएनन्

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका यी हुन ३२ उम्मेदवार

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट बन्द सूचीमा रहेका पुरुष उम्मेदवाको कोटा तीन वटा मात्र हुँदा कांग्रेसबाट पूर्व उपसभापति विमलेन्द्र निधी, सहमहामन्त्री जीवन परियार र प्रवक्ता डा. प्रकाश शरण महत चयन भएका छन् ।

तीन नेता निधी, परियार र डा. महत संघीय संसदको सदस्यमा सिफारिस हुदा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र सहमहामन्त्री फर्मुला मन्सुरको नाम अटाउन सकेन ।

कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ पाएको मतको आधारमा ३२ लाई सिफारिस गर्नु पर्दा २९ महिला र ३ पुरुषको नाम सिफारिस गर्नु पर्दा पार्टीका पदाधिकारी नै नअटाएका हुन् । कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा ५७ जितेको, राष्ट्रिय सभामा १० सांसद मात्र रहेको र समानुपातिकमा ३२ गरी ९९ सिट रहेको छ ।

संवैधानिक प्रावधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य चयन गर्नु पर्दा कांग्रेसले तीन जना पुरुषलाई मात्र सिफारिस गर्नु पर्ने बाध्यता थियो ।
यी हुन कांग्रेसका समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ३२ भाग्यमानी उम्मेदवारहरु –

आदिबासी \जनजातिबाट

१। सरस्वती बजिमय, २ लिलादेवी बोखिम, ३ सिता कुमारी राना, ४ सुशीला थिङ,
५ सपना राजभण्डारी, ६ माया राई, ७ कुसुम थापामगर र ८ मनोरमा शेरचन
खस आर्यतर्फ
९ प्रकाशशरण महत, १० अम्बिका बस्नेत, ११ सरिता प्रसाई, १२ आरजु राणा देउवा, १३ ईश्वरी न्यौपाने, १४ प्रतिमा गौतम, १५ मञ्जु खाँण, १६ रमा कोइराला पौडेल, १७ कान्तिका सेजुवाल र १८ मैना रावल कार्की

मधेसीतर्फ

१९ विमलेन्द्र निधि, २० नागिना यादव, २१ मुक्ता कुमारी यादव, २२ चन्दा चौधरी
२३ संगीता मण्डल र २४ निनुकुमारी कर्ण
दलिततर्फ

२५ जीवन परियार, २६ शान्ति विक, २७ रुपा विक, २८ सीता मिजार र
२९ आशा विक
थारुतर्फ
३० कल्पना चौधरी र ३१ विना कुमारी थनेत
मुस्लिमतर्फ
३२ जावेदा खातुन जागा

सम्बन्धित समाचार

उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
  • २०७९ मंसिर २४, १८: ५८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी...

चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
  • २०७९ मंसिर २४, १८: ५८

काठमाडौं । बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो...

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ मंसिर २४, १८: ५८

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...