रेशमलाई जेलबाट छुटाउने गरी ल्याइएको अध्यादेशप्रति कांग्रेसका दुवै महामन्त्री र नेता शेखरको आपत्ति – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
राष्ट्रपति कार्यालय पुग्यो अध्यादेश

रेशमलाई जेलबाट छुटाउने गरी ल्याइएको अध्यादेशप्रति कांग्रेसका दुवै महामन्त्री र नेता शेखरको आपत्ति

काठमाडौ । टिकापुर हत्या प्रकरणमा दोषी ठहर भइ हाल चारखाल जेलमा बन्दी जीवन विताईरहेका रेशम चौधरीलाई रिहाई गर्ने गरी कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशप्रति कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आपत्ति जनाएका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्ने उदेश्यले मन्त्रीपरिषद्को आइतबारको बैठकले निर्णय गरे बमोजिम सो प्रस्ताव सोमबार राष्ट्रपतिसमक्ष पठाइएको छ ।

फौजदारी अभियोग प्रमाणित भइ जेल परेका व्यक्तिलाई छुटाउन अध्यादेश ल्याइएको प्रति नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिरोध गर्दै सामाजिक सञ्जाल ट्वीटरमा अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्नु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका हुन् ।

उनले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नभएको र यसले गलत नजिर बस्ने पनि बताएका छन् ।

कांग्रेसका महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्दै भनेका छन् –‘पार्टी भित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाएर थापाले यो शर्मा र आफ्नो मात्र नभई पार्टीकै धारणा भएको बताएका छन्। शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।

थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने भन्दै ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ मंसिर २६, १८: ०५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७९ मंसिर २६, १८: ०५

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ मंसिर २६, १८: ०५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...