‘आँसुको मुल्य’ खोज्दै ‘प्रलय’ लिएर आए गरुडध्वज – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
युवा विदेसिएपछि देश बृद्धबृद्धाको मात्र – डा. भट्टराई

‘आँसुको मुल्य’ खोज्दै ‘प्रलय’ लिएर आए गरुडध्वज

काठमाडौं । छ दशक लामो सक्रिय राजनीतिबाट अलग्गिएर समाजसेवा र नेपाली साहित्यको उन्नयनमा क्रियाशिल भएका गरुडध्वज बस्नेतले राजनीतिक र सामाजिक बिकृतिको बिरुद्ध र राष्ट्रप्रेम अनि दया, माया र करुणाका पक्षमा आवाज बुलन्द गर्दै कबिता संग्रह ‘प्रलय’ लिएर आएका छन् ।

भोजपुरको दाँवामा जन्मिएर झापाको गौरादहलाई कर्मभूमी बनाउँदै जीवनका उत्तरार्धमा भक्तपुरमा बसेर साहित्य साधनामा लागेका गरुडध्वज बस्नेतका काब्यकृतिमा दया,माया, करुणा, सहयोग र परोपकारका पक्षमा आवाज बुलन्द गरिएको पाइन्छ भने राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा देखिएका बिकृति अनि विसंगति प्रति विद्रोहका ज्वाराभाटा ओकल्दै राष्ट्रप्रेमबाट ओतप्रोत भएका छन् ।

करिव २१६ पेजमा १३८ वटा कविता समेटिएका छन् । ती कविताहरुमा समाजका यथार्थ घटना र विवरण, राजनीतिक विकृति, व्यक्तिगत जीवनमा आईपरेका आपत्ति, विपत्ति र संकटलाई प्रतिनिनिध्व गरेका छन् भने देशप्रेम र आमनेपाली नागरिकका समस्यालाई उजागर गर्ने प्रयास भएको पाइन्छ ।

सरल, सहज अनि बोधगम्य कवितामा क्लिस्टता र अनेकार्थी शब्दको प्रयोगलाई निषेत गरिएको छ । जीवन र जगतका भोगाई र भावलाई कविताका माध्यमद्वारा अभिव्यक्त गरेका बस्नेतले विम्वलाई बढी प्रयोग गरेको पाइन्छ ।

उनका कबितामा देशमा राजनीतिक परिवर्तनको लागि क्रान्तिको शंखनाद गर्ने आफ्नो जन्मस्थान भोजपुर र त्यसमा पनि दाँवा र धोद्लेको बयान गर्दा भने जीवन जगत भन्दा भोगाई, अनुभव र भावनामा स्वाट्टै बगेको पाइन्छ । कतै भावनामा तरङ्गीत भएका बस्नेतका कुनै कवितामा वियोगान्त प्रस्तुति भए पनि कतिपयमा आंचलिकतामा समर्पित भएको देखिन्छ ।

विदेशको आलिसान महलमा बसेर त्यहाँको बैभवमा रमाउने अवसरलाई सर्लक्क त्याग्ने बस्नेतका कवितामा जति भावुकता छ, त्यति ने देशप्रेम, सृजनशिलता र आशाका किरणहरु कवितामा प्रतिविम्वित छन् ।

धर्मपत्नी विष्णुकुमारीको निधनपछि आफ्नो एक्लोपना र निरस जीवनलाई सिर्जनशिल र क्रियाशिल बनाउने प्रयास कविले गरेका छन् तर उनी कवितामा धर्मपत्नीप्रति लक्षित गरेर माया, प्रेम, स्नेह, करुणा,सहयोग, त्याग र संघर्षका कहानी र भावनामा डुबेका छन् ।

पूर्वीपहाडी जिल्ला भोजपुरको ग्रामिण क्षेत्र दाँवामा मानबहादुर र भीमकुमारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका कवि बस्नेत गौरादहको विद्योदय शिशु सदनका संस्थापक,जनता माध्यमिक विद्यालय र गौरादह क्याम्पसका संचालक समिति सदस्य, दाँवाली मिलन क्लव काठमाडौंका संरक्षक सदस्य तथा झापाली मिलन केन्द्र भक्तपुरका सल्लाहकार हुन् ।

पाँच दशक लामो संघर्षपूर्ण राजनीतिक जीवनका उतार चडाव र भोगाईका यथार्थ घटनालाई कवितामा प्रस्तुत गरेका छन् । संघर्षको समयमा सीमित र थोरै नागरिक लागे पनि त्यसको उपलब्धी खासै नभएको, राजनीतिमा बिकृति आएको प्रति खिन्नता र विद्रोहको स्वर उरालेका छन् ।

जीवनका तीन घुम्ति कृति प्रकाशित गरेका कवि बस्नेतले ‘आमासँग सपनामा’ ‘जन्मथलो दाँवा सम्झँदा’ डिप्रेसन, आँसुका मुल्य, रित्तिएको मन, म गर्छु तिमीलाई सलाम, जस्ता कविता उनका प्रतिनिधिमूलक कविता मात्र हुन् ।

प्रलय कविता संग्रहको शनिबार भक्तपुरको एक पार्टी प्यालेसमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई, पूर्वमन्त्री बीरमणी ढकाल, नेविसंघका पूर्वअध्यक्ष तथा साहित्यकार गुरुराज घिमिरे र सांसद दुर्लभ थापाले संयुक्त रुपमा विमोचन गरे ।

प्रमुख अतिथि भट्टराईले राजनीतिक विकृत हुँदा त्यसको असर सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा समेत देखिएको भन्दै २–४ वर्षपछि देशमा युवाहरु नहुने र बृद्धबृद्धाहरुको देश भनेर नेपाल चिनिन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेस नेता समेत रहेका घिमिरेले राजनीतिक बिकृतिप्रतिको बितृष्णलाई प्रतिविम्वित गर्दै खबरदारी गरेको र आंचलिकताले कविता भरिपूर्ण रहेको बताए । कार्यक्रम अग्रज ज्येष्ठ नागरिक समाज भक्तपुरले गरेकाे थियाे ।

हेरौं उनको एउटा कविता आँसुको मुल्यको एक हरफ
प्रिय तिम्रो अनुहारमा रोदन कहिल्यै देखिनँ
जति रोए पनि आँसुको मुल्य यहाँ भेटिनँ
हाँसी हाँसी वाँच्यौ अजति तिमी बाँच्यौ
प्रचण्ड घामपानी तिमीले सहजै पचायौ ।

मेरो भोजपुर धोद्ले
सुसेली हाल्दै दलगाउँको
ओरालो झर्छु
खाेल्साखोल्सामा छटपटिएका
नरकंकाल देख्छु
अनि रोइरहेका सहिदका
आँखाहरू भेट्छु
त्यहाँको अनौठो परिवेश देख्दा
पंचायतकालका बड़ाहाकिमका
घिनौना नंग्ग्राहरू
र बन्दुकका खोकाहरू भेट्छु
धोद्ले,ओख्रे,सुन्तले,साङपाङका
भीरपाखामा
चित्कारपूर्ण रोदनहरू सुन्छु
त….ल पिखुवा खोला
रातै भएर बगिरहेको देख्छु
इतिहासका पाना पल्टाऊँछु
देवानसिंह,गोकर्ण,ठगी दाहाल,राम–लक्ष्मणका
रगÞतले रंगिएका पानामा
काठमाडौंको बाघले झम्टिएको देख्छु
अनि ती पिखुवा साल्पाफेदीमा

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ फाल्गुन ७, १६: ०५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७९ फाल्गुन ७, १६: ०५

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ फाल्गुन ७, १६: ०५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...