कांग्रेसले अघि सारेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुने प्रचण्डको संकेत – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेसले अघि सारेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुने प्रचण्डको संकेत

काठमाडौं । कुनै अकल्पनिय घटना नभए वा परिस्थितिमा नाटकिय परिवर्तन नआए आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले अघि सारेका उम्मेदवार नै राष्ट्रिय सहमतिको उम्मेदवार बन्ने भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सहमति बिना उठाइएको राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति जुट्न नसक्ने भन्दै कांग्रेसकै उम्मेदवारलाई आफूहरुको समर्थन रहने संकेत दिएका हुन् ।

आइतबार साँझ आफूसँग छलफल गर्न आएका कांग्रेस सभापति देउवासहितका नेतालाई प्रधानमन्त्री प्रचण्डले कांग्रेसले अघि सारेकै उम्मेदवारमा राष्ट्रिय सहमति खोज्न आफू तयार रहेको बताएकाे बताएका भेटमा सहभागी एक नेताले बताए ।

बालुवाटार स्रोतका अनुसार सो अवसरमा प्रचण्डले आफू प्रधानमन्त्री समेत भएको हैसियतले सत्ता गठबन्धनवाहिरको दलले अघि सारेको उम्मेदवारको पक्षमा खुल्न नसके पनि सहमतिकै आधारमा राष्ट्रपति चयन हुनु पर्ने पक्षमा अडिग गरेको बताएका थिए ।

कांग्रेसले अघि सार्ने उम्मेदवारको पक्षमा माहोल बनाउन वा सहमति जुटाउन क्रियाशिल हुनु पर्ने र नेतृत्व लिनु पर्ने जिम्मा कांग्रेसकै भएकाले सहमतिको प्रयासमा लाग्न आग्रह गरेका थिए ।

कांग्रेस नेतासँग प्रचण्डको आइतबार साँझ लामो वार्तालाप भएपछि पछिल्लो राजनीतिक गतिविधि र अवस्था बुझ्नका लागि आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सत्तारुढ घटक एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने गएका थिए ।

सत्ता घटक दलका नेतालाई समेत प्रधानमन्त्री प्रचण्डले ‘कांग्रेसले अघि सारेको उम्मेदवारवाहेकको हकमा राष्ट्रिय सहमति बन्ला जस्तो नलागेको’ भनेर कांग्रेसले अघि सार्ने उम्मेदवारप्रति नै आफू र आफ्नो दलको समर्थन रहने ंसंकेत गरेका हुन् ।

प्रचण्डले सहमतिकै प्रयास स्वरुप कांग्रेस नेताहरुसँग भेट गरेको भन्दै आफू अहिलेको सत्ता गठबन्धनलाई जोगाउँदै राष्ट्रिय सहमति खोज्ने प्रयासमा लागेको बताएका थिए । प्रचण्डले शर्मा र लामिछानेसँगको भेटमा आफ्नो पहिलो प्रयास भने गठबन्धन जोगाउनु नै रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बेलुका बालुवाटारमा कांग्रेसका सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौला गएका थिए ।

माओबादी केन्द्रका नेताहरुले सत्तारुढ गठबन्धन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको सहमति अनुसार प्रधानमन्त्री माओबादी केन्द्रले पाउने र राष्ट्रपति एमालेले पाउने गरी पुस १० गते भएको सहमतिमा औचित्य पुस २६ गते नै समाप्त भएको बताउँदै आएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुस १० गते सत्ता गठबन्धनबीच अनौपचारिक सहमति भए पनि पुस २६ गते सदनमा विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावको पक्षमा ८९ सिट भएको नेपाली कांग्रेसले समर्थन गरे पछि माओबादी केन्द्र र प्रधानमन्त्री आफू नेतृत्वको सरकार सुरक्षित र बलियो भएको महसुस गर्दै आएका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ फाल्गुन ८, १४: ३५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७९ फाल्गुन ८, १४: ३५

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७९ फाल्गुन ८, १४: ३५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...