प्रदेश १ को नाम कोशी राख्ने एमाले -कांग्रेसको संयुक्त प्रस्ताव बहुमतले स्वीकृत – Naya Bikalpa
March 29, 2024, Friday

प्रदेश १ को नाम कोशी राख्ने एमाले -कांग्रेसको संयुक्त प्रस्ताव बहुमतले स्वीकृत

विराटनगर – प्रदेश नम्वर १ को नाम ‘कोशी’ राख्नको लागि एमाले र कांग्रेसका सांसदहरुले संयुक्त रुपमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रदेश १ को नाम कोशी राख्नु पर्ने प्रस्ताव बुधबार प्रदेश १ को प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै आज प्रदेश सभा बैठकमा पेश गर्दा बहुमतले स्वीकृत भएको हो।

नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको हो। सो प्रस्तावको नेकपा माओबादी केन्द्रका प्रदेश सदस्यहरुले आलोचनात्मक समर्थन गर्ने भएका छन् ।

प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएपछि सो प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्नु पर्दछ । प्रदेशको नामाकरण गर्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरेपछि मात्र अन्तिम रुप पाउँछ ।

प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत लिम्बुवान सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो।

नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभा १ मा नेकपा एसका ४ र जसपाका १ गरी ५ जना मात्र सांसद छन् । यो प्रदेशमा एमालेका ४० र कांग्रेसका २९ प्रदेश सभा सदस्य छन् । दुई दलका सांसदको समर्थन हुँदा प्रदेशको नामाकरण गर्न दुई तिहाई बढी मत हुन आउँछ ।

सम्बन्धित समाचार

मन्त्रीहरूलाई राष्ट्रियसभामा उपस्थित भई जवाफ दिन दाहालको निर्देशन
मन्त्रीहरूलाई राष्ट्रियसभामा उपस्थित भई जवाफ दिन दाहालको निर्देशन
  • २०७९ फाल्गुन १७, २०: ०१

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
  • २०७९ फाल्गुन १७, २०: ०१

  काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको...

अनुदानको नुन र चामलले कर्णालीका जनता अल्छी भएः सांसद विष्ट
अनुदानको नुन र चामलले कर्णालीका जनता अल्छी भएः सांसद विष्ट
  • २०७९ फाल्गुन १७, २०: ०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नुन र चामल अनुदानमा दिँदा कर्णालीका बासिन्दा अल्छी भएको बताएका छन् ।...