
विराटनगर – प्रदेश नम्वर १ को नाम ‘कोशी’ राख्नको लागि एमाले र कांग्रेसका सांसदहरुले संयुक्त रुपमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रदेश १ को नाम कोशी राख्नु पर्ने प्रस्ताव बुधबार प्रदेश १ को प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै आज प्रदेश सभा बैठकमा पेश गर्दा बहुमतले स्वीकृत भएको हो।
नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको हो। सो प्रस्तावको नेकपा माओबादी केन्द्रका प्रदेश सदस्यहरुले आलोचनात्मक समर्थन गर्ने भएका छन् ।
प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएपछि सो प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्नु पर्दछ । प्रदेशको नामाकरण गर्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरेपछि मात्र अन्तिम रुप पाउँछ ।
प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत लिम्बुवान सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो।
नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।
९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभा १ मा नेकपा एसका ४ र जसपाका १ गरी ५ जना मात्र सांसद छन् । यो प्रदेशमा एमालेका ४० र कांग्रेसका २९ प्रदेश सभा सदस्य छन् । दुई दलका सांसदको समर्थन हुँदा प्रदेशको नामाकरण गर्न दुई तिहाई बढी मत हुन आउँछ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...