निफको छैटौं संस्करण भोलिदेखि काठमाडौंमा सुरू, ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्ने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

निफको छैटौं संस्करण भोलिदेखि काठमाडौंमा सुरू, ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्ने


काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएकाे छ ।
चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकाे छ । ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट कार्यक्रमको समापन गरिने बताइएकाे छ ।

बुधबार आयोजित्र पत्रकार सम्मेलनमा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी दिइयो । यी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट हुने भएको छ । काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुने बताइएकाे छ । संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोही पनि बञ्चित हुनहुन्न भनेर नै उक्त प्रदर्शनको दायरालाई फराकिलो पारेको आयोजकले जनाएको छ ।

छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने भएकाे छ । त्यसैगरी तोकिएका सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले बताएकाे छ । चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ ।

त्यसैगरी विगतमा झैं यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने जनाइएकाे छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश गरिएका छन् ।

यो पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिईएको बताइएकाे छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउने टुंगो लागिसकेको छ । सम्पूर्ण सेसनहरु र एकल प्रस्तुतिका सम्बन्धमा सार्वजनिक भएका सेड्युल मार्फत जानकारी लिन पनि अनुरोध गरिएको छ । निफ र मिडियाको सम्बन्ध अन्योन्याश्रित छ । पहिलो निफदेखि अहिलेसम्र्म प्राप्त ‘मिडिया सपोर्ट’ उल्लेख्य मात्र छैन, तारिफ योग्य पनि भएको जनाइएको छ । भविष्यमा पनि यस्तै ‘सपोर्ट’को अपेक्षा गरिएको जानकारी आयोजकले दिएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ चैत्र १, १७: २२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ चैत्र १, १७: २२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ चैत्र १, १७: २२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...